दशक पछि झुल्किय प्रेमध्वज प्रधान – भिडियोमा विकास र बिनिताको प्रेम भाव


‘पर लैजाउ फूलहरु’ ‘घुम्तीमा नआउ है’ जस्ता सुपर हिट गीतहरुका वरिष्ठ गायक प्रेमध्वज प्रधानले झण्डै एक दशकपछि एक गीतमा आफ्नो स्वर रेकर्ड गराएका छन्।

bikash-lamichhane-binita-oli

जुगल ढंगोलको संगीत तथा एरेञ्ज, डब्बु क्षेत्रीको शब्द रहेको ‘ती आँखामा’ बोलको गीतमा गायक प्रेमध्वजले स्वर भरेका हुन्। गीतमा उनलाई गायिका केञ्जुमा सुब्बाले साथ दिएकी छिन्। यो गीतको म्युजिक भिडियो समेत तयार भएको छ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

मोहनराज आचार्यको निर्देशनमा बनेको भिडियोमा मोडलद्वाय विकास लामिछाने र बिनिता वलीलाई फिचरिङ गरिएको छ। भिडियोमा अमृत सुनुवारको छायाँकन र माधव बेलवासेको सम्पादन छ। राजधानीमा पत्रकार सम्मेलन गर्दै भिडियो सार्बजनिक गरिएको थियो।

SUBSCRIBE 👉