रशु शाक्यलाई कलेज क्वीन नेपाल २०१६को ताज


आर के इन्टरटेनमेन्ट ग्रुपले आयोजना गरेको कलेज क्वीन नेपाल २०१६ को विजेता DAV मा अध्यनरत रशु शाक्य भएकी छिन्। त्यस्तै गरि फस्ट रनर अप सबिना गुरुङ र सेकेन्ड रनर अप बिनिता गुरुङ भएकी छिन्।

College Queen Nepal Winners

प्रतियोगितामा पब्लिक च्वाइस अवार्ड अपना गिरीले हात पारिन्। बेस्ट ड्रेस को उपाधी प्रीति प्रधानले प्राप्त गरिन। यस्तै गरि निकिस्ता हमाल बेस्ट स्माइल, करीना कक्षपति बेस्ट क्याट-वाल्क, अश्मि लामा बेस्ट हेयर, अश्मिता क्षेत्रि मोस्ट ट्यालेन्ट, यमुना बुढामगर मोस्ट डिसिप्लेन, सुष्मिता कार्की मोस्ट फोटोजेनिक, अल्बिना सिंह मोस्ट स्पोंटेनीसिअस, कोपिला तमाङ्ग मोस्ट ब्युटी, अलिशा सिंह बेस्ट पर्सनालिटी, कविता लामा बेस्ट स्किन, बिनु श्रेष्ठ मिस फ्रेन्डशिप, आरजु कुँवरले मोस्ट गर्जियस सह उपाधि जित्न सफल भईन।

यो सौदर्य प्रतियोगितामा कोरियोग्राफर / डिजाइनर एवं आर जे अञ्जलि शाक्य, संचारकर्मी एवं गीतकार भारत बम्जन, सिनेयात्री मासिकका प्रबन्ध निर्देशक एवं वरिष्ठ चलचित्र पत्रकार आर डी शृंखला, पर्यटन व्यवसायी किशन सिंह, हिसानका सचिव रामहरी सिलवाल र कोरियोग्राफर अश्विनी झा निर्णायक रहेका थिए।

एजुकेशनल ब्यूटी प्याजेन्टलाई आधार बनाउंदै आएको आर के इन्टरटेनमेन्ट ग्रुपले यस अघि ‘किन्डर गार्टेन प्रिन्स एण्ड प्रिन्सेस’ ‘स्कूल प्रिन्सेस नेपाल’ समेत आयोजना गरिसको छ।

SUBSCRIBE 👉