श्रीलंकामा हुने हेरिटेज प्याजेन्टकालागि नेपाल प्रतिनिधि घोषणा


अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुमा नेपाली युवा युवतीको सहभागिताको क्रम बढ्दो छ। यही मेसोमा आगामी डिसेम्बर २ देखि १० तारिख सम्म श्रीलंकामा सम्पन्न हुने हेरिटेज प्याजेन्ट अन्तर्गत संचालन हुने मिस हेरिटेज, मिस टिन हेरिटेज र मिसेस् हेरिटेज इन्टरनेसनल २०१६ प्रतियोगिताका लागि नेपाली प्रतिनिधिको औपचारिक घोषणा गरिएको छ। हेरिटेज प्याजेन्टको आयोजक संस्था ई प्लानेट प्रा.लि.ले नेपालका लागि ग्रीन आर्टस् मिडिया प्रा.लि.ले आधिकारिक रुपमा नेसनल निर्देशक नियुक्त गरेसंगै ग्रीन आर्टस्ले आफ्नो पहलमा यस पटकको मिस, मिस टिन तथा मिसेस् हेरिटेज प्रतियोगिताका लागि नेपाली सहभागिलाई सुनिश्चितता प्रदान गरेको छ।

Heritage Beauty Pageant 2016

राजधानीमा सम्पन्न एक कार्यक्रमका वीच पूर्व मिस नेपाल अर्थ नगमा श्रेष्ठले सृजना पूनलाई मिस टिन हेरिटेज इन्टरनेसनल नेपाल २०१६, मिस हेरिटेज इन्टरनेनसल नेपाल २०१५ निशा पाठकले आश्रा कुँवरलाई मिस हेरिटेज इन्टरनेसनल नेपाल २०१६ तथा मिसेस् युनिभर्स नेपाल २०१६ पद्मिनी झाले मन्जु बन्जारा ढकाललाई मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०१६ को ताज पहि¥याएर उनीहरुलाई हेरिटेज प्याजेन्टमा नेपालको तर्फबाट आधिकारिक रुपमा सहभागिको परिचय प्रदान गरेका थिए।

मिस टिन हेरिटेज नेपाल २०१६ चयन भएकी १९ वर्षिया सृजना पून वातावरण विज्ञानकी विद्यार्थी हुन् भने मिस हेरिटेज नेपाल २०१६ चयन भएकी २४ वर्षिया आश्रा कुँवर पनि वातावरण विज्ञानकी विद्यार्थी हुनाका साथै गायिका एवं गीतकार पनि हुन् भने मिसेस् हेरिटेज नेपाल २०१६ चयन भएकी मन्जु बन्जारा ढकाल पेशाले फेसन डिजाइनर हुन्।

यस अघि मिस हेरिटेज इन्टरनेसनल २०१४ मा नानी थापा इन्भाइरोमेन्टल एम्बेसडरको अवार्ड जितेकी थिइन् भने २०१५ को संस्करणमा निशा पाठकले थर्ड रनर अप, वेष्ट इन्भाइरोमेन्टल ड्रेसका साथै इन्भाइरोमेन्टल एम्बेसडरको अवार्ड जितेकी थिइन् भने मिसेस् हेरिटेज इन्टरनेसनल २०१५ को मुख्य उपाधिमा रजनी थापाले बाजी मारेकी थिइन्।

SUBSCRIBE 👉