रोजिन शाक्य । पृष्ठभूमिमा विभिन्न संगीत धुनहरु बज्दै गए, पालै पालो मोडलहरु रनवेमाथि ओहोरदोहोर गर्न थाले। हरेक संगीतको धुनले विश्वको कुनै राष्ट्र र त्यहाँको मौलिक साँगीतिक पक्षलाई प्रतिनिधित्व गरेको थियो। हरेक मोडलले पहिरिएको पहिरनले तिनै राष्ट्रको साँस्कृतिक, ऐतिहासिक, सामाजिक सम्पदा र संस्कृतिको गरिमामय चिनारीलाई प्रतिबिम्बित गरेका थिए। नेपाल, भारत, चीन देखि जापान, दक्षिण कोरिया, म्यानमार, थाइल्याण्ड हुँदै अमेरिका, बेलायत, फ्रान्स, पानामा, ब्राजिल, भेनेजुएला, दक्षिण अफ्रिका सम्मको यात्रा तय गर्ने क्रममा विश्वका ४१ राष्ट्रहरुको सम्पदा र संस्कृतिको अभूतपूर्व नमूनाहरुसित साक्षात्कार हुने अवसर प्राप्त भयो।

11th Graduation Fashion Show of Namuna College of Fashion Technology. Photo: Kamal Shrestha / Glamour Nepal
नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातकको पढाईमा अध्ययनरत ११औं ब्याचका ४१ जना विधार्थीहरुको अन्तिम परिक्षाको महत्वपूर्ण पाटोका रुपमा प्रस्तुत विद्यार्थी स्वयंले आयोजना एवं व्यवस्थापन गरेको सो ग्राजुएसन फेसन शो ‘इन्कान्टिभोल क्रियजन’ शीर्षकमा प्रस्तुत गरिएको थियो।
फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्
‘विश्व सम्पदा र संस्कृति’ शीर्षक अन्तर्गत क्रिएटिभ चरणमा प्रस्तुत पहिरन शैलीहरुको फ्रान्सको पेरिसस्थित आइफिल टावरको मिनि स्वरुप देखि ब्राजिलको साम्बा नृत्यको झल्को दिने पहिरन। स्वयम्भू, धरहरा, लुम्बिनी, रानीमहल लगायतको नेपाली गरिमा चित्रण गरेको शैली देखि स्कटल्याण्डको लडाकू स्वरुप, अष्ट्रेलियाको राष्ट्रिय जनावर, क्वीन भिक्टोरिया गार्डन, सिड्नी ओपेरा हाउसको प्रतिनिधि गर्ने कल्पना देखि प्राचीन इजिप्टको झल्को दिने शैली, टर्कीको सांस्कृतिक र ऐतिहासिक गरिमा उजागर गर्ने सृजना लगायतले फेसन शोको आकर्षण बढाएका थिए। हरेक सृजनामा डिजाइनरको कल्पना, सृजनात्मक अभिव्यक्तिले सम्बन्धीत राष्ट्र राष्ट्रिय धरोहरलाई सम्मान दर्शाएको थियो।

11th Graduation Fashion Show of Namuna College of Fashion Technology. Photo: Kamal Shrestha / Glamour Nepal
गत शुक्रबार राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा रोजिन शाक्यको कोरियोग्राफीमा संचालित उक्त फेसन शोमा क्रिएटिभ राउन्ड बाहेक अन्य तीन सिक्वेन्समा आफ्ना सृजनालाई प्रदर्शन गर्ने क्रममा चालीस युवती एवं ८ जना युवा मोडलहरुले आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रमको प्रारम्भमा कालो, सेतो र खैरो रंगको प्रधानता रहेको नी लेन्थ देखि अन्य शैलीका पहिरनहरु प्रस्तुत गरिएका थिए । दोस्रो चरणमा युवा मोडलहरुले डेनिम जिन्स र स्टाइलिङ र भ्याुल एड गरिएका सर्ट, टिसर्ट प्रस्तुत गरिएका थिए। बोहोमियन कल्चरबाट प्रभावित रिसोर्ट वेयरमा भने कूल कलर्स, बोल्ड फ्लोरल प्रिन्ट, फेमिनेन् टच भएका ग्ल्यामरस नमूना प्रस्तुत भएका थिए। रेड कार्पेट शैलीमा स्टाइलिस, सुन्दर एवं मनमोहक खालका इभिनिङ गाउनहरुलाई अनूभुति गर्न पाइएको थियो।
फेसन शोमा मोडलहरुको सुन्दरता र आकर्षण, डिजाइनरहरुको मिहनेत र सृजनाका साथमा नमूना कलेज संस्थापक प्रिन्सिपल एवं नेपालकै अग्रणी फेसन डिजाइनर ज्ञानी शोभा तुलाधर तथा उनले तयार पारेका पहिरनमा सजिएका नेपाली चलचित्रको अग्रणी पुस्ताका अभिनेत्री भुवन चन्द एवं चरित्र अभिनेत्री लक्ष्मी गिरीको रनवे माथि संयुक्त रुपमा ओहोर दोहोर दृष्य उपस्थित सबका लागि प्रेरणादायी रह्यो। कार्यक्रममा शो स्टपरका रुपमा जर्मनीका फेसन डिजाइनर स्टेला मारिस हाफेली देखिएकी थिइन्।