सुस्माको मस्त जवानी कस्का लागि ?


गायिका लक्ष्मी आचार्यको पछिल्लो गीत ‘मस्त जवानी..’ बोल म्युजिक भिडियोमा मोडल सुस्मा अधिकारी देखिएकि छिन। युट्युव मार्फत सार्वजनिक भएको गीतमा मोडल सुस्मा निकै हट रुपमा प्रस्तुत भएकी छन्। भिडियोमा सुस्माको अलवा सन्दिप, बिज्ञान लगायतको अभिनय छ।

sushma-adhikari

चलचित्रमा राखिने आइट झै तामझामका साथ बनाइएको भिडियो सोनम पाख्रिनले निर्देशन गरेका हुन्। भिडियोमा सन्तोस राजबाहको कोरियोग्राफी, अम्रित सुनुवारको छायाँकन र निशान्त घिमिरेको सम्पादन रहेको छ। गीतमा शब्द सुभाष गौतम र संगीत अनुप रेग्मीको छ।

कैलाली टीकापुर मोतीनगरकी लक्ष्मी बिगत पाँच वर्षदेखि गायनमै रमाई रहेकी छन्। उनका ‘नजिक नजिक सर्छन्’, ‘तीन साल अमेरीका’, ‘यो मोरीको घैटोमा कहिले घाम लाग्ने हो’, ‘पाउजु बजाउँछु म’ बोलका गीत हिट भएका छन्। अघिल्ला केही गीतमा उनले मोडलिङ समेत आफैले गरेकी छिन्।

SUBSCRIBE 👉