यी हुन् विश्वकी सर्वाधिक सुन्दरी


worlds-most-beautiful-woman-lupita-nyongo

World’s Most Beautiful Woman 2014 Lupita Nyong’o

ग्ल्यामर नेपाल, काठमाडौं । सुन्दरी महिलाभन्दा साथ गोरो र चम्किलो मुहार याद आउँछ। तर यस वर्ष केन्याकी अश्वेत नायिका विश्वकी सर्वाधिक सुन्दर महिला घोषित भएकी छिन्। प्रतिष्ठित पिपुल म्यागाजिनले लुपिता न्योङओलाई वर्षकी सर्वाधिक सुन्दर महिला चुनेको हो। म्यागाजिनले ‘ब्युटिफुल वुमन’को सूचीमा एक नम्बरमा राखेको छ।

३१ वर्षीया सुन्दरी लुपिताले यसै वर्ष ओस्कार अवार्ड जितेकी थिइन्। उनको डेब्यु मूभि ‘टुभेल्स इयर्स अ स्लेभ’ बाट लुपिताले पनि सहअभिनेत्रीको ओस्कार जितेकी हुन्। पिपुलको लिस्टमा नम्वर वानमा पर्न उक्त अवार्ड पनि सहायक बनेको छ। साथै हरक्षण हँसिलो मुद्रामा प्रस्तुत हुने उनको बानी पनि सुन्दरी बन्न सघाउ पुगेको म्याजिनले जनाएको छ। केही वर्ष अघिसम्म लुपिता आफू नराम्री भएको महसुस गर्दै छालाको रंग गोरो पारिदिन भगवानसँग प्रार्थना गर्थिन्। तर त्यहि कालो छालाले उनलाई विश्वभर चिनाएको छ।

पिपुलको २५ वर्षको इतिहासमा सुन्दर अश्वेत महिला चुनिने लुपिता तेस्रो बनेकी छन्। यसअघि सन् २००३ मा हाले बेरी र २०१२ मा वियोन्सेले उपाधि जितेका थिए।

people-magazine-cover-worlds-most-beautiul-woman

World’s Most Beautiful Woman 2014 Lupita Nyong’o

SUBSCRIBE 👉