‘चेरिश्मा फेशन नाइट’ पोखरामा अभिनेत्री करिश्मा मानन्धरको विरालो चाल


पोखरामा हालै सम्पन्न भएको चेरिष्मा फेशन नाईट (Cherishma Fashion Night 2016, Pokhara)मा चर्चित नायिका करिश्मा मानन्धर शो स्टपरको रुपमा देखा परिन। चेरिष्मा बुटिकद्धारा तयार गरिएको आकर्षक लेहंगामा मुस्कुराउँदै स्टेजमा उत्रिएकी उनलाई देख्ने बित्तिकै दर्शकहरुले हुटिगं र तालि वर्षाएका थिए। सदाबहार नायिकाको उपमा पाएकी करिश्माले आफ्नो सुन्दरताको जादु छँदै चेरीष्माको पहिरनको खुलेरै प्रशंसा गरिन्। जाडोका पर्वाह नगरी बसिरहेका दर्शकहरुलाई आफै अभिनित एक चलचित्रको गीत ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेउन…’ गाएर थप मनोरञ्जन गरिन्।

Actress Karishma Manandhar Fashion Show Pokhara

नेल्शन इन्टरटेइनमेन्ट प्रा लिको व्यवस्थपानमा संचारकर्मी एव चर्चित कोरियोग्राफर जयन सुब्बाको कोरियाग्राफि रहेको फेशन शोमा चेरिष्मा इम्पोरियम एण्ड बुटिककी संचालक सिता बरालको डिजाइनमा तयार गरिएका पहिरनलाई काठमाडौंका प्रोफेशनल एव फ्रेश मोडलहरुले साडी, लेहेंगा एव कुर्ता प्लाजो सेट गरि तीन राउण्डमा प्रदर्शन गरेका थिए। काठमांडौका मोडलहरु क्रमश प्रियंका मानन्धर, दिव्या महर्जन, हरिशा बानिया, प्रगति श्रेष्ठ, रोमी खड्गी, रोलिन थापा मल्ल, आशा आचार्य एव पोखराका कृपा भुजेल जिना मगर, सुलोचना ब्रजाचार्य लगायत मोडलहरुले क्याट वल्क गरेका थिय।

कार्यक्रमका थप आर्कषकको रुपमा इभेन्ट फर यु का डाइरेक्टर एवं पूर्व मिस्टर टिन पोखरा विशाल गुरुङ्, मिस पोखरा २०७३ कि बिजेता सदिक्षा पाण्डे, सो स्टाटर रुपमा स्टेजमा उत्रिएका थिए भने मिस एस एल सी पोखरा २०१६ की विजेता प्रेरणा पराजुली गेस्ट मोडेलको देखिएका थिय।

चेरिश्मा फेशन नाइटको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

काठमाण्डौबाट गएका डान्स कोरियोग्राफर तेन्जु योन्जनको आकर्षक एव ग्ल्यामर रिमिक्स नृत्यले दर्शकहरूलाई भरपुर मनोरंजन प्रदान गरेको थियो। पोखरा उद्योग बाणिज्यद्धारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलाको समापन समारोहको पूर्व सन्ध्यामा आयोजित ‘चेरिष्मा फेशन नाइट’लाई दर्शकले निकै मन पराएको र चाडै नै अर्को फेशन शो गर्ने तयारीमा रहेको नेल्शन इन्टरटेइनमेन्ट प्रा लि की म्यानेजिगं डाइरेक्टर अनिसा श्रेष्ठले जानकारी दिइन्।

SUBSCRIBE 👉