मिस इको इन्टरनेशनलमा रोनाली अमात्यले नेपालको प्रतिनिधित्व गर्ने


अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१७’मा काठमाडौँ की २१ बर्षीया रोनाली अमात्यले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। इको इन्टरनेशनललागि आधिकारिकता प्राप्त ग्रिन आर्ट मिडियाले शनिबार राजधानीमा एक कार्यक्रम बीच प्रतियोगी सार्वजनिक गरेको हो।

Ronali Amatya

कार्यक्रममा मिडियाले अमात्यलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’को क्राउन पनि पहिर्याएको छ। उनलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१६’की बिजेता नंग्मा श्रेष्ठले ताज लगाइ दिइन्।

अमात्य गत शनिबार राजधानीमा आयोजित प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतियोगीलाई पछि पार्दै ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’ को विजेता बनेकी हुन्। प्रारम्भिक चरणको निर्णायकमा अभिनेत्री तथा मिस नेपाल श्रृष्ठी श्रेष्ठ, मिस इको नग्मा श्रेष्ठ, अभिनेता मनोज आरसी लगायत रहेका थिए।

Ronali Amatya Miss Eco Nepal 2017

मिस इको इन्टरनेशनल २०१७ आगामी अप्रिलमा इजिप्टमा आयोजना हुँदैछ। ८० राष्ट्रका सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीतामा यो नेपालको तेस्रो सहभागीता हो। यसअगाडी २०१५ मा प्रिन्शा श्रेष्ठ र २०१६ मा नग्मा श्रेष्ठले सहभागीता जनाएका थिए।

प्रतियोगतिामा २०१५ देखि आयोजना हुदै आएको छ। पर्यावरण र संस्कृतिलाई अन्तराष्ट्रिय नेटवर्क मार्फत सुचना प्रवाह गर्न यो प्रतियोगीताको आयोजना हुँदै आएको ग्रीन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले बताइन्।

SUBSCRIBE 👉