रेखाले गरिन् अर्को फिल्म निर्माण घोषणा । एउटै फिल्ममा ३ निर्देशक !


नायिका रेखा थापाले निर्माण घोषणा गरेको फिल्म ‘कसले चोर्यो मेरो मन फेरी’ लाई पर सार्दै उनले अर्को नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन्। रेखा फिल्मस्-ले निर्माण गर्ने नयाँ फिल्मको शिर्षक ‘रुद्रप्रिया’ रखिएको छ।

Actress Rekha Thapa | New Movie | Rudra Priya

प्राप्त जानकारी अनुसार रेखाले निर्देशक सुदीप भूपाल सिंहलाई यो फिल्मको निर्देशकका रुपमा अनुबन्ध गरेकी छिन्। ‘माला’ फिल्म निर्देशन गरेर फिल्मी क्षेत्रमा उदाएका निर्देशक हुन् भुपाल। रेखाले यो फिल्ममा अर्का दुई निर्देशकलाई पनि लिएकी छिन। ‘प्रेम गीत’ का निर्देशक सुर्दशन थापा र मुखौटा फिल्मका निर्देशक अर्पण थापा। तर यी दुई निर्देशक रेखाको फिल्ममा नायकको रुपमा देखिने छन्।

Directors of Nepali Movies : Arpan Thapa, Sudarshan Thapa and Bhupal Singh

‘रुद्रप्रिया’ को सुटिंग चैत्र महिनाको पहिलो साता देखि सुरु हुने बताईएको छ भने प्रदर्शन मिति आउँदो बर्षको दशैको फूलपातीका दिन हुनेछ। नारी प्रधान कथामा बन्न लागेको यो फिल्मका निर्माता रेखाकि आमा सरस्वती थापा हुन्। यो फिल्ममा रमेश पौडेलले ५०% सेयर हालेका छन्। रमेश सिम टिभिका मेनेजिङ डाई रेक्टर हुन्। फिल्ममा सुरेश अधिकारीको संगीत रहने छ भने फिल्मलाई संजय लामाले खिच्नेछन्।

SUBSCRIBE 👉