रेखाको फिल्म ‘रुद्र प्रिया’मा निर्देशक नै हिरो


पछिल्लो समय राजनीतिक सक्रियता बढाएर चर्चामा रहेकी नायिका रेखा थापाले फिल्म निर्माणलाई पनि समानान्तर रूपमा अघि बढाउने संकेत दिएकी छन्। उनले आफ्नो होम प्रोडक्सनबाट फिल्म ‘रुद्र प्रिया’ निर्माण घोषणा सँगै मुख्य भूमिकामा खेल्ने बताएकी छिन्। त्यसो त केही समयअघि ‘कसले चोर्यो मेरो मन फेरि’ निर्माण गर्ने बताएकी थिइन्। तर रेखाले यतिबेला उक्त फिल्मलाई पछाडी सार्दै नयाँ फिल्मको घोषणा गरेकी हुन्।

‘रुद्र प्रिया’ मा रेखाको अपोजिटमा अर्पण थापा र सुदर्शन थापा नायकका रूपमा रहने रहने छन। सुदर्शन थापाले फिल्म ‘अझै पनि’ र ‘चंखे शंखे पंखे’ मा अभिनय गरेका थिए। सुदर्शन थापा खासगरी निर्देशकका रूपमा चिनिन्छन। उनले ‘चंखे शंखे पंखे र प्रेम गीत’ निर्देशन गरिसकेका छन्। अर्पण थापाले पछिल्लोपटक फिल्म ‘वीर विक्रम’ मा अभिनय गरेका थिए। उनले फिल्म ‘मुखौटा’ निर्देशन गरेका थिए।

‘रुद्र प्रिया’ लाई निर्देशक सुदीप भूपाल सिंहले निर्देशन गर्नेछन्। यसघि उनले फिल्म ‘माला’ निर्देशन गरेका थिय। चैत्र देखि छायांकन सुरु हुने भनिएको ‘रुद्र प्रिया’ लाई दसैंमा रिलिज गर्ने लक्ष्य राखिएको छ। सुरेश अधिकारीको संगीत रहने फिल्मलाई सञ्जय लामाले खिच्नेछन्।

आमा सरस्वती थापा निर्माता रहने फिल्म ‘रुद्र प्रिया’ मा रमेश पौडेलले लगानीमा रेखालाई सघाउनेछन्। ‘रुद्र प्रिया’ पनि नारीप्रधान फिल्म हुने रेखाले जनाएकी छन्। यसअघि लगातार उनी नारी पात्र प्रधान रहेका फिल्ममा अभिनय गर्दै आएकी छन्।

SUBSCRIBE 👉