आर.के. इन्टरटेनमेन्टको प्रिन्स एण्ड प्रिन्सेसमा रौनक र जियाना बिजयी


तेस्रो संसकरणको किण्डरगार्टेन प्रिन्स एण्ड प्रिन्सेस नेपाल को शिर्ष उपाधी प्रोमिनेन्ट किड्स स्कुलमा अध्ययनरत रौनक भण्डारी र जियाना रेश्मीले जितेका छन्। शिर्ष उपाधी विजेता प्रिन्स एण्ड प्रिन्सेसलाई उनीहरुको आफ्नै आमाको हातबाट टोपी तथा ताजको साथै निर्णायक मण्डलका निर्णायकहरुबाट संयुक्त रुपमा ट्रफी प्रदान गरिएको थियो। आर.के. इन्टरटेनमेन्टले २०१४ देखि यो बाल प्रतियोगित आयोजना गर्दै आएको छ।

प्रतियोगितामा फेरीजोइ इसीसी स्कुलका प्रिन्स मायन्क राउत तथा सरस्वती उमाबिका प्रिन्सेस आकृषा श्रेष्ठ फस्ट रनर अप, प्रोमिनेन्ट किड्स स्कुलका प्रिन्स लुकस अधिकारी तथा प्रिन्सेस समृष्टी बुढाथोकी सेकेन्ड रनरअप भए। त्यस्तै प्रोमिनेन्टकै प्रिन्सेस मिचल गोले लामा तथा चिल्ड्रेन स्कुलका प्रिन्स सुमित भट्ट पब्लिक च्वाइस अवार्ड जित्न सफल भए।

निशा आचार्यको कोरियोग्राफी रहेको प्रतियोगितामा एस तामाङ वेष्ट हेयर, माधवी पाण्डे बेष्ट फ्रण्डसीप, जसन श्रेष्ठ बेष्ठ क्याटवाक, अभिगइल महत वेष्ट स्माइल, योञ्जन कार्की वेष्ट ट्यालेन्ट, श्रीयन बस्नेत बेष्ठ क्याटवाक, अन्जली दाहाल बेष्ट डिसिप्लिन, जेनिस गुरुङ बेष्ठ हेयर, आजसी ढुंगेल बेष्ट डिसिप्लिन, सन्भी तन्डुकार बेष्ठ ब्युटी, अभिष पाठक पर्सनालिटी, मुस्कान श्रेष्ठ बेष्ट फ्रन्डसीप, लानीरानी गाम्देन तामाङ बेष्ट ट्यालेन्ट, श्रीया बिष्ट फोटोजेनिक, अवतार सिं गुरुङ जेनेरिसले अवार्ड पाए।

शिर्ष उपाधी विजेता प्रिन्स एण्ड प्रिन्सेसलाई सम्बन्धित स्कुलबाट एक बर्षको छात्रबृत्ति नगद सहित विभिन्न उपहारहरु प्रदान गरियो। फस्ट रनरअप तथा अन्य सहभागी प्रिन्स एण्ड प्रिन्सेसहरुलाई पनि विभन्नि उपहार सहित सबैलाई ताज पहिराइएको थियो।

नायक रमित ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रतियोगिताको निर्णायक मण्डलमा संचारकर्मी आर.डी.सिंखडा, संचारकर्मी अन्जली साक्य, युवा ब्यवसायी किसान, कलाउडीयो पेरोकिनी र मन्टेश्वरी एशोसिएसनका अध्यक्ष तथा मन्टेश्वरी अन्तर्गत अन्तरराष्ट्रिय प्रशिक्षक सुष्मा लामा थिय।

SUBSCRIBE 👉