अजेस्ना शाक्य मिस कलेज आइकन २०१७ घोषित


एएनपी मिडिया हाउसद्धाराा आईतबार राजधानीमा आयोजित सौन्दर्य तथा प्रतिमामूलक प्रतिस्पर्धामा अजेस्ना शाक्य मिस कलेज आइकन २०१७ भएकी छिन्। अजेस्ना शाक्य बेष्ट स्कीन, फेसबुक च्वाइस र बेष्ट फिट्नेसको उपउपाधिका साथ मिस कलेज आइकन २०१७ भएकी हुन्।

राजधानीका विभिन्न कलेजमा अध्ययनरत कलेज सुन्दरीहरुका बिच भएको प्रतियोगितामा जमुना कार्की फष्ट रनर्सअपका साथ मिस कन्जिनियालिटी, पीया कुँवर सेकेन्ड रनर्सअपका साथ मिस व्युटीफुल तथा टासी ल्हामु शेर्पा थर्ड रनर्सअपका साथ मष्ट डिसिप्लेन भए।

विभिन्न वर्ग र उमेर समूहहरुका बिच विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले यसपटक मिस कलेज आइकनका साथमा लिटिल आइकन नेपाल २०१७ पनि एक साथ आयोजना गरेको छ। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको लिटिल आइकन नेपाल २०१७ अन्र्तगत १२ देखि १५ वर्षसम्मका बालकहरुबिचको प्रतियोगितामा सानमीयल महर्जन विजेताका साथमा मिस्टर ट्यालेन्ट भएका छन् भने सन्देश बज्राचार्य फष्ट रनर्सअपका साथ मष्ट पपुलर, मिस्टर क्याटवाक र बेष्ट फिटनेश, युगल लिम्बु सेकेन्ड रनर्सअपका साथ मष्ट फ्रेण्डली, सुक्रिन श्रेष्ठ थर्डरनर्सअपका साथ मष्ट एकटिभ र मष्ट फोटोजेनिक भए।

त्यसै गरी ८ देखि १२ वर्षसम्मका बालिकाहरुबिचको प्रतियोगितामा योगीशा शाक्य विजेताका साथमा बेष्ट फिटनेस, अन्शु रानामगर फष्ट रनर्सअपका साथमा मिस कन्जिनियालीटी र फेसबुक च्वाइस, सन्दीका रानामगर सेकेन्ड रनर्सअपका साथमा मष्ट व्युटिफुल आइज तथा खुशी थामी थर्ड रनर्सअपका साथमा मिस क्याटवाक भएका छन्।

त्यसै गरी १२ देखि १५ वर्षको समुहका बिच भएको प्रतियोगितामा ज्वाला राई विजेताका साथमा मष्ट पपुलर, मष्ट व्युटिफुल आइज र फेसबुक च्वाईस, सन्जीना शार्मा फष्ट रनर्सअपका साथमा मिस कन्जिनियालिटी र बेष्ट पर्सनालिटी, प्रनिका कुँवः सेकेन्ड रनर्सअपका साथमा बेष्ट हेयर, सुनिमा लामा थर्ड रनर्सअपका साथमाबेष्ट स्पीच भएका छन्।

सबै प्रतियोगिता अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा भएको थियो भने ललितपुर प्याबसन अध्यक्ष शिब कार्की, ललितपुर नेसनल प्याबसन अध्यक्ष सुरेश कार्की, इभेन्ट निर्देशक निशुकान्त झा, सञ्चारकर्मी सरोज प्याकुरेल,सुर्य चन्द र अन्तर्राष्ट्रय कार्यक्रम आयोजक नवराज श्रेष्ठ प्रतियोगिताका निर्णायक रहेका थिए।

काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा गोपाल ढकाल (छन्दे) ले हास्यवंग तथा प्यागेडी गीत गाएर मनोरञ्जन दिलाएका थिए भने विच विचमा विभिन्न गीत संगीत र नृत्य प्रस्तुत गरिएको थियो।

SUBSCRIBE 👉