नायिका वेनिशा हमालेले भेटिन् माया गर्ने मान्छे


गायक रोशन श्रेष्ठको आवाजमा रहेको ‘तिमी नै तिमी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ। पोखरा र चितवन आसपासमा खिचिएको भिडियोमा नायिका वेनिशा हमाल र मोडल सागर पोख्रेल फिचरिङ छन्। प्रेमभाव बोल्ने गीतमा सागर र वेनिशाको केमेष्ट्री लोभलाग्दो देखिन्छ।

यसअघि यो मन रम्दैछ, कहाँ समय र सोचि हेर लगायतका गीतहरु बजारमा ल्याइसकेका गायक रोशन श्रेष्ठले प्रेम महिना पारेर ‘तिमी नै तिमी’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेको बताए। प्राय सधै रोमान्टिक गीतहरु दर्शक, स्रोतामाझ ल्याउने गायक श्रेष्ठले यो पटक पनि भ्यालेनटाइन महिनालाई लक्षित गर्दै प्रेमको स्वाद मिसिएको “तिमी नै तिमी” गीत सार्वजनिक गरेका हुन।

गायक श्रेष्ठ स्वयमको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र दिनेश श्रेष्ठको संगीत संयोजन छ। निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने निशान घिमिरेले सम्पादन गरेका हुन।

SUBSCRIBE 👉