मिस नेपाल पिसका लागि पहिलो चरणको अडिसनबाट २२ सुन्दर युवतीहरु छानिए


सौदर्य प्रतियोगीता ‘मिस नेपाल पिस’का लागि २२ युवती छानिएका छन्। बुधबार राजधानीमा आयोजित पहिलो चरणको अडिसनबाट यी प्रतियोगीहरु छानिएका हुन्। क्यान्सर सम्बन्धि जनचेतना जगाउँने कार्यक्रम सहित आयोजित अडिसनमा सय भन्दा बढि नर्स तथा नर्सिङ कलेजमा अध्यायनरत युवतीले अडिसन दिएका थिए।

डा. लोचन कार्की, डा.संध्या चापागाई, डा. सुजिता हिराचन, दुर्गा श्रेष्ठ, अभिनेता मोडल निरज थापा, रोजिन शाक्य लगायत निर्णायक रहेको प्रतियोगीताको अर्काे अडिसन बिहिबार सोही स्थानमा हुँदैछ।

‘मिस नेपाल पिस’ शान्तीको सन्देश फैल्याउने प्रतिबद्धताका मिस नर्सको परिमार्जित प्रतियोगीता हो। प्रतियोगीताको विजेताले ‘मिस वल्र्ड पिस’मा नेपालको प्रतिनिधित्व गर्न पाउने छ। ‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा उठाएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौदर्य प्रतियोगिता हो।

नसिङ पेसा रहेका, अध्यायन गरिरहेका ब्याक्तिको ब्यक्तित्व बिकाश गरि सामाजिक काम प्रति उत्तर दाइत्व बहन गराउँने उदेश्यले प्रतियोगीता आयोजना हुँदै आएको छ। प्रतियोगीताको प्रारम्भिक छनौट देशका बिभिन्न स्थान बेष्ट क्यान्सर सम्बन्धि जनचेतना र हेल्थ क्याम्प सहित आयोजना हुने आयोजकको भनाई रहेको छ।

SUBSCRIBE 👉