जंगल भित्र नेपाली र भारतिय पहलमानहरुको घम्सा घम्सी


रेमबिक / पोखरा । नेपाल र भारतका रेस्लिङ खेलाडीहरुको कुस्तीबाज पोखरेली दर्शकले लाइभ हेर्न पाउने भएका छन्। जंगल भित्र उनीहरुले आपसमा कुस्ती खेल्नेछन्। फागुन १२ गतेदेखि पोखराको शान्तिवन वाटिकामा शुरु हुने जंगल फेस्टिभलको तेस्रो सँस्करण अन्तरगत आयोजकले रेस्लिङलाई कार्यक्रममा समावेश गरेको हो।

रेस्लिङ खेलाडीहरु बीचको रोमाञ्चकारी भिडन्त ४ दिनसम्म चल्ने आयोजक परिचय नेपालका अध्यक्ष सोभित बस्यालले जानकारी दिए। ‘अन्तराष्ट्रियस्तरको रेस्लिङ खेल दर्शकले लाइभ हेर्न पाउनेछन्।’ बस्यालले भने–‘यो पोखरेलीदर्शकको लागि एक दमै नौलो स्वादको हुनेछ।’

जंगल भित्र हुने कुस्ती (रेस्लिङ) खेलमा भारतका ८ जना र नेपालका ८ जना पहलमानहरु भिड्नेछन्। ‘साविक भैरहने अन्यमहोत्सवको तुलनामा जंगल फेस्टिभल निकै फरक स्वादको बनाउने तयारी आयोजकले गरिरहेको छ। यो पटक अझै बढि नौला र रोचक कार्यक्रमहरु आयोजकले समावेश गर्ने जनाएको छ।

फेस्टिभलमा ‘जंगल थिम’ मा गरिने फेशन शोमा पोखराका चल्तीका मोडल र केहि नयाँमोडलहरुले बिरालो चालमा हिड्ने छन्। यो पटक १० जना महिला मोडल र ३ जना पुरुष मोडलले जंगल फेस्टिभलको रनवेमामा उत्रेर माहौल गर्माउनेछन्।

SUBSCRIBE 👉