‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’ अन्तिम प्रतिस्पर्धाकालागी २२ छनौट


काभ्रे जिल्लामा पहिलो पटक आयोजना भइरहेको ‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’ को फाइनल प्रतिस्पर्धाकालागी २२ प्रतिस्पर्धीहरु छनौट भएका छन्। एमाजोन इन्टरटेन्मेन्टको आयोजनामा ‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’ को फोटोसुट केही दिन अगाडी मिराबल रिसोर्ट धुलिखेलमा सम्पन्न गरिएको छ। मिडिया कोर्डिनेटर तथा फाटोग्राफर विशाल राईले फोटो सुट गरेका हुन्। अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले फोटोसुटबाट प्रतियोगीहरुले मोड्लिङ फोटोग्राफी सम्वन्धीपनि ज्ञान लिएको बताए।

महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले ‘मिस काभ्रे आइडल –२०१७’को आयोजना गरिएको हो। बिवाहित तथा अविवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताए।

फागुन १४ गते पञ्चकन्या ब्याङ्क्वेट बनेपामा हुन लागेको प्रतियोगितामा एमाजोन इन्टरटेन्मेन्टका कोरियोग्राफर हिमानी सुब्बाले अहिले अन्तिम प्रतिस्पर्धीहरुलाई विभिन्न व्यक्तित्व विकास लगायत विषयमा प्रसीक्षण गराईहेकी छिन्। फाइनल कार्यक्रमको लाइभ कास्टमान्डप टेलिभिजनबाट प्रशारण हुनेछ।