मिस इण्डिजिनियस हेरिटेज नेपाल : पहिलो चरणको अडिसनमा ५० युवती छनौट


‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को पहिलो चरणको अडिसनमा ५० जना युवतीहरु छानिएका छन्। शनिबार राजधानीमा आयोजित अडिसनमा ८२ जनाको सहभागिता थियो। ती मध्ये ५० जना छनोट भएको आयोजकले बताएको हो।

प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल’ को यो दोस्रो संस्करण हो। यस संस्करणमा अन्तिम प्रतिस्पर्धाका लागि ६० जना छनोट गरिने आयोजक संस्थामा अध्यक्ष फुपु तेन्जिङ शेर्पाले बताए। उनका अनुसार अब १० जनाका लागि अर्को साता दोस्रो चरणको अडिसन गरिनेछ।

‘आदिवासी आवाज’ नारा दिइएको यस प्रतियोगिताको पहिलो अडिसनमा सुपर मोडल नेपाल–२०१६ की विजेता इच्छा कार्की, मोडल विपना थापा, व्यवसायिक उज्वलकृष्ण श्रेष्ठ, अमरज्योति रञिजत, मिस इण्डििजिनियस हेरिटेज नेपाल–२०१६ की विजेता रुबुशा मानन्धर, आरएनआर गु्रपकी अध्यक्ष मञ्जु श्रेष्ठ, कोरियोग्राफर रोजिन श्रेष्ठ र मोडल क्वेस्ट–२०१६ की विजेता निरिशा बस्नेत निर्णायक थिए।

अडिसनबाट छनोट भएका प्रतिस्पर्धीहरुलाई १४ फागुनबाट विभिन्न व्यक्तित्वविकासबारे प्रशिक्षण दिइने आयोजकले जनाएको। उनीहरुलाई कोरियोग्राफर रोजिन शाक्यलगायत आदवासी क्षेत्रका विज्ञहरुले कला, संस्कृति, भेषभूषालगायतमा प्रशिक्षण दिइनेछ। प्रतियोगिताको अन्तिम स्पर्धा आगामी चैत १४ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।

SUBSCRIBE 👉