शृंगारलाई पनि लाज लाग्ने… रामकृष्णको गीतमा आफ्नै पत्नी मोडल


गायक रामकृष्ण ढकालले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रमका विच ढकालले गाएको ‘शृंगारलाई पनि लाज लाग्ने, मदिरालाई मात लाग्ने’ गीतको भिडियो सार्वजनिक गरिएको हो।

भिडियोमा कालिञ्चोकको हिउँको दृश्य मनमोहक छ। गीतको भिडियोमा रामकृष्णपत्नी निलम शाह ढकालको मोडलिङ छ। उनलाई मोडल तथा नायक मन्चिन शाक्यले मोडलिङमा साथ दिएका छन्। गायक ढकालले हालै मात्र आयोजना भएको ‘हिट्स एफएम म्युजिक अवार्ड’मा ‘म हुरीमा दियो’ बोलको गीतबाट ह्याटि्रक गरेका थिए।

यो गीतमा दावा गुरुङले संगीत दिएका छन् भने शब्द रचना मनीष वशिष्टले लेखेका हुन्। निकेश खड्काले निर्देशन गरेको यो भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्। भिडियोमा निशान घिमिरेको सम्पादन छ।

SUBSCRIBE 👉