ब्रिटिश एशियन वेडिङ अवार्डको मनोनयमा फेशन डिजाइनर संयुक्ता श्रेष्ठ


आगामी मार्च ६ तारिखमा लन्डनस्थित मारियोट होटलमा संचालन हुने ‘ब्रिटिश एशियन वेडिङ् अवार्डस् २०१७’ अन्तर्गत वेष्ट वेडिङ डिजाइनर विधामा फेसन डिजाइनर संयुक्त श्रेष्ठ मनोनयमा पर्न सफल भएकी छिन्। उनी संगै यो विधामा पायल मल्होत्रा, काजलस् काउचर, ज्योति चन्डोक लिमिटेड, एकता सोलन्की लगायत डिजाइनरहरु पनि उक्त मनोनयनमा परेका छ्।

यस अघि वर्ष २०१७ को प्रारम्भमै संयुक्ता द युके वेडिङ अवार्डस् २०१७ अन्तर्गतको वेष्ट ब्राइडल डिजाइनर विधामा मनोनयमा पर्न सफल भएकी थिइन्। लन्डनमा आफ्नो फेसन डिजाइनिङ कर्मलाई व्यवसायिक विस्तारित रुप दिंदै आएकी फेसन डिजाइनर संयुक्ता श्रेष्ठको पहिचान र चर्चा उनको ब्राइडल वेयरकालागि रहेको छ।

ब्राइडल वेयरकै लागि संयुक्ताले २०११ मा द पर्फेक्ट वेडिङ अवार्डमा वेष्ट वेडिङ न्युकमर अवार्ड तथा जेपी सेलेक्ट्स एक्सिलेन्स अवार्ड २०११ मा ब्राइडल इनोभेसन अवार्ड प्राप्त गरेकी थिइन्। यसैगरी २०१२ मा सोर्स अवार्ड अन्तर्गत ग्लोबल अवार्डस् फर सस्टेनेबल फेसनमा हाइली कमेन्डेड ब्रान्ड लिडर तथा द पफेक्ट वेडिङ अवार्ड २०१३मा हाइली कमेन्डेड नेम टु वाचको सम्मानबाट सम्मानीत भइसकेकी छिन्।

संयुक्ताले तयार पारेको पीपा गाउन लन्डनस्थित बाथ फेसन म्युजियममा संग्रहित रहेको छ। संयुक्ताद्वारा तयार गरिएको पीपा गाउन इको फ्रेन्ड्ली फेसनको ज्वलन्त नमूना हो। जसलाई तीस वर्ष पुरानो न्युजपेपर तथा नेपाली हाते बुना अर्गानिक कटन प्रयोग गरी बनाइएको हो। यसको सुन्दरतामा तीस हजार स्वरोस्की क्रिस्टलले शोभा बढाएको छ।

READ IN ENGLISH VERSION

SUBSCRIBE 👉