ममता र सम्झना भइन् ‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’


काभ्रे जिल्लामा पहिलो चोटी आयोजना भएको मिस काभ्रे आइडल–२०१७को उपाधी ममता तामाङले जितेकी छिन्। उनले बेस्ट फोटोजेकिको उपाधी पनि हासिल गरिन।

बनेपामा गत सोमबार १६ गते भएको अन्तिम प्रतिस्पर्धामा ममताले ‘मिस काभ्रे आइडल–२०१७’को उपाधी हासिल गर्दा रुक्साना कार्कीले फस्ट अनरअप भइन्। उनले बेस्ट क्याट वल्कको उपाधी पनि जितिन्। त्यस्तै सेकेन्ड रनरअप निकिता मानन्धर भईन। उनले बेस्ट हेयरमा उपाधी समेत जितिन।

एमाजोन इन्टरटेन्मेन्टले महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले आयोजना गरेको ‘मिस काभ्रे आइडल –२०१७’ मा बेस्ट ट्यालेन्टको उपाधी मनिशा थापाले आफ्नो पोल्टामा पारिन्। मनिशाले मोस्ट पपुलर र बेस्ट ड्रेसको उपाधीपनि जितिन्। त्यस्तै क्रमशः बेस्ट क्किन रोजि कपाली, बेस्ट डिसिप्लेन अन्जना श्रेष्ठ, बेस्ट स्माइल किमबेल्ली तामाङ, बेस्ट पर्सनालिटि रोजिना बन्जरा, मोस्ट चार्मीङ रस्मिला तामाङ, मोस्ट एक्टिभ लक्ष्मि मगराती, मोस्ट पंचुअल सर्मीला श्रेष्ठ र मोस्ट कन्फिडेन्ट अनिशा तामाङले सब–टाइटल अन्र्तगत जितेका छन्।

सम्झना भइन् ‘मिसेस काभ्रे आइडल –२०१७’

‘मिसेस काभ्रे आइडल –२०१७’ को उपाधी सम्झना लामाले आफ्नो शिरमा पार्न सफल भईन। सम्झनाले शिर्ष उपाधी संगै मोस्ट इन्टेलिजेन्टको उपाधीपनि जितिन।
फस्ट रनरअपको स्थान गोमा थापा सिंहले हासिल गरिन। उनले बेस्ट स्किनको उपाधी पनि जितिन्। जुनी श्रेष्ठले सेकेन्ड रनरअपको स्थानमा आफुलाई उभ्याउन सफल भईन। जुनिले बेस्ट ट्यालेन्ट, मोस्ट पपुलर र भिवर च्वाइज अवार्ड समेत हात पारिन।

बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको ‘मिसेस काभ्रे आइडल –२०१७’को सब–टाइटलमा क्रमशः बेस्ट फोटोजेनिक अनामिका पाण्डे, बेस्ट स्माइल करुणा श्रेष्ठ, मोस्ट एक्टिभ निशा भुजेल, बेस्ट पर्सनालिटि मन्जु भुजेल, मोस्ट कन्फिडेन्ट सृजना केसी, मोस्ट चार्मिङ पुनम सापकोटा र बेस्ट ड्रेस अनामिका पाण्डेले सब–टाइटल अन्र्तगत जितेका छन् ।

‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’को कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन्। प्रतियोगीतामा आरजे तथा फेशन कोरियोग्राफर कला सुुब्बा, अभिनेत्री मेलिना मानन्धर, अभिनेता गजित विष्ट, मोडल तथा अभिनेता दिक्पाल कार्की र ‘ब्युटिसियन नेपाल–२०१६’की बिजेता कमला अधिकारी निर्णायक मण्डलमा रहेका थिए।

कार्यक्रममा गायिका तायाहाङ्मा राईले आफ्नो गीतहरुबाट दर्शक नचाएकी थिइन्। त्यस्तै चर्चित पप गायक धिरज राईले पनि आफ्ना पुराना हिट नम्बर गीतबाट दर्शकहरु नचाएका थिए।

SUBSCRIBE 👉