रभ्ना तण्डुकारलाई मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को उपाधि


‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को उपाधि रभ्ना तण्डुकारले जितेकी छन्। कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न प्रतियोगितामा ४३ जना स्पर्धीलाई पछि पार्दै रभ्नाले उपाधि आफ्नो पोल्टामा पारेकी हुन्। रभ्नाले उपाधिसँगै विभिन्न गिफ्ट ह्याप्पर तथा पुरस्कार हात पारिन्।

प्यासिपिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को यस दोस्रो संस्करणका प्रतियोगीहरु तेह्रथुमे ढाका बुटिकले तयार गरेको ‘ढाका कन्ट्रास्ट’ गाउन र वानपिसमा प्रस्तुत भएका थिए। फेसन डिजाइनर तथा तेह्रथुमे ढाका बुटिककी सञ्चालक निरु आङबुङ र संगीता लिंखाले तयार गरेको ढाका पहिरनमा प्रतियोगीहरु खुबै खुलेका थिए।

‘आदिवासी अवाज’ नारा दिइएको यस ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ मा अर्चना प्रधान र मल्लिका बम्जन क्रमशः फस्ट रनरअप र सेकेण्ड रनर भए । उनीहरुले पनि ताजसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

व्यवसायिक उज्वलकृष्ण श्रेष्ठ, प्रदीपमान प्रधान, फेसन डिजाइनर निरु आङबुङ, मोडल विपना थापा, अञ्जु श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, पत्रकार अशोकप्यासी राई, ब्युटिसियन सुष्मा महरा, धनबहादुर तामाङ र तेञ्जिङ उक्यापको निर्णायक मण्डलले प्रतियोगीहरुलाई उपाधि प्रदान गरेको हो।

प्रतियोगितामा पुनम श्रेष्ठ मिस इलिजेन्ट, कविता श्रेष्ठ, बेस्ट हेयर, स्मृति राई बेस्ट स्माइल, ममता गुरुङ बेस्ट स्किन र सिम्रन श्रेष्ठले बेस्ट अटायर सबटाइटल पाए । त्यस्तै, फुरलामु शेर्पा मिस डिसिप्लिन, मीना श्रेष्ठ फ्रेन्डशीप, मल्लिका बमजन मिस पिक्चर पर्फेक्ट, निशा लिम्बू मिस पर्सनालिटी, सिर्जना बुढामगर मिस चार्मिङ र प्रिया लिम्बूले मिस ट्यालेन्ट सबटाइटल उपाधि पाए।

विभिन्न गीतसंगीत, नृत्य र ¥याम्प शोका कारण कार्यक्रममा रौनकता छाएको थियो। कार्यक्रममा तेह्रथुमे ढाका बुटिकले तयार गरेका ढाका कन्ट्रास्ट सारी र लेहेँगा तथा मेख्लीमा सुपर मोडल इच्छा कार्कीलगायतका व्यवसायिक मोडलहरु ¥याम्पमा उत्रिएका थिए।

कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बू, गायक रुकमान लिम्बूको गायन र मोडल तथा अभिनेत्री निशा लिम्बू पोमुको नृत्य प्रस्तुतीले प्रतिष्ठानको प्रेक्षालय भरिभराउ दर्शकदीर्घा थप रोमाञ्चित भएका थिए।

प्रतियोगिताको यो दोस्रो संस्करण हो। कोरियोग्राफर रोजिन शाक्यले सञचालन गरेको यो कार्यक्रमको कोरियोग्राफी रोजिनले गरेका हुन्।

SUBSCRIBE 👉