बैशाख २मा मिस टिन ग्लोब २०१७ को ग्रान्ड फिनाली


विभिन्न वर्ग र उमेर समूहका लागि सौन्दर्य तथा प्रतिभामूलक स्पर्धा गर्दै आएको स्टार वन इन्टरटेनमेन्ट प्रालिले किशोरीहरुबिच मिस टिन ग्लोब २०१७ प्रतियोगिता आयोजना गर्ने भएको छ। स्टार वनले किशोरीहरुका लागि पहिलोपटक राजधानीमा यो प्रतियोगिता गर्न लागेको हो। आयोजक संस्थाकी अध्यक्ष पुजा निरौलाले किशोरीहरुको व्यक्तित्व र आत्मविश्वास बृद्धीका लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको बताइन्।

आगामी नयाँ वर्ष २०७४ को बैशाख २ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगितामा २८ जना किशोरीहरुले अन्तिम स्पर्धा गर्नेछन्। कोरियोग्राफर अश्विनी झा, संगीतकार सरोज प्याकुरेल, मिसेस नेपाल इन्टरनेशनल २०१६ अनुपमा राई, इभेन्ट आयोजक लब कार्की र निशु झाको निर्णायक मण्डलले प्रतियोगिताका अन्तिम स्पर्धीहरु चयन गरेको स्टार वन इन्टरटेनमेन्टले जनाएको छ। जमुना तामाङको संयोजक्वत्वमा हुने प्रतियोगिताका लागि अश्विनी झाले कोरियोग्राफी गर्नेछन्।

SUBSCRIBE 👉