डिट्ठा सा’बको ५२ औ हप्ता मनाउदै ‘तितो सत्य’का दिपक


dittha-sab
ग्ल्यामर नेपाल, काठमाडौँ । कान्तिपुर टेलिभिजनमा विगत एक वर्षदेखि प्रसारण हुँदै आइरहेको हाँस्य टेलिश्रृंखला ‘डिट्ठा सा’ब’ले प्रसारणको ५२ भाग पूरा गरेको छ। टेलिश्रृंखलाका लेखक, निर्देशक तथा शीर्ष अभिनेता किशोर भण्डारीले आफ्नो जन्मदिनको अवसर पारेर गत बुधबार राजधानीमा एक कार्यक्रम गरि सफलताको खुशीयाली बाँडे।

अभिनेता किशोरले ‘डिट्ठा सा’ब’ दर्शकमाझ ल्याई लोकप्रिय बनाउन आफूले निकै मेहनत गरेको बताए। ‘हाँस्य टेलिश्रृंखलाहरुको भीडमा पृथक पहिचान बनाएर दर्शकको मन जित्नु निकै गार्हो काम हो। सफलताका साथ ५२ भाग पूरा गर्दा आज मलाई लागेको छ, मैले आफ्नो लक्ष्य भेटेको छु।’ कार्यक्रममा किशोरले भने।

किशोरले ५३ औं भागदेखि टेलीश्रृंखलामा केही नौला खुराक आउने जानकारी दिए। हाँस्य कलाकार दीपकराज गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा टेलीश्रृंखलामा संलग्न कलाकार तथा प्राविधिक उपस्थित थिए।

SUBSCRIBE 👉