प्रियंका सँग प्रमोद खरेलको डान्स, ‘लाईदेउ न माया ले’ – नयाँ म्युजिक भिडियो रिलिज


स्वदेश तथा विदेशका स्टेजमा प्रस्तुत हुँदै हजारौं दर्शकको मन जितेर स्टेज किङकै रुपमा चिनिन थालेका लोकप्रिय गायक प्रमोद खरेल एउटा नयाँ डान्सिङ नम्बर गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन्।

On the set of Music Video Shooting: Actress Priyanka Karki & Singer Pramod Kharel

यसअघि झुम्कावाली तथा चल बतास चल जस्ता डान्सिङ नम्बरबाट स्रोताको उत्साहजनक साथ पाएका गायक खरेलले ‘लाईदेउ न मायाले’ गीतको म्युजिक भिडियोमा अहिलेकी नम्बर वान नायिका प्रियंका कार्कीको साथ पाएका छन्। यसअघि झुम्कावाली…गीतमा पनि गायक खरेललाई प्रियंकाले साथ दिएकी थिइन्।

भीडियोमा गायक खरेल स्वयं अभिनेताको रुपमा प्रस्तुत भएका छन्। भिडियोमा अभिनेत्री प्रियंका कार्की निकै हट देखिएकी छिन्। भिडियोमा गायक खरेल तथा अभिनेत्री कार्कीले रोमान्टिक शैलीमा अभिनय तथा नृत्य गरेका छन्।

प्रमोद खरेलको म्युजिक भिडियो यहाँ हेर्नुहोस्

Pramod Kharel’s New Music Video ‘Lai Deu Na Mayale’ Feat. Priyanka Karki

हरेक शैलीका गीतमा उत्तिकै सुरिलो सुनिने गायक खरेलले यसपटक संगीतकार राजनराज शिवाकोटीको संगीतमा यो गीत गाएका छन्। डिपी खनाल यो गीतका रचनाकार हुन्। साहास शाक्यद्वारा संगीत संयोजन गरिएको यो गीतको म्युजिक भिडियोलाई गायक खरेलले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरे हुन्। दिक्षा क्रिएसनले निर्माण गरेको यो भिडियोको सम्पादक निशान घिमिरे हुन्।

अर्जुन तिवारीद्वारा छायांकन गरिएको यो नृत्यपरक भिडियोमा गायक खरेलले नृत्य त गरेका छन् नै, साथसाथै उनी डिजेको भूमिकामा समेत देखिएका छन्। थुप्रै म्युजिक भिडियो तथा एउटा चलचित्र निर्देश्ँन गरिसकेका सञ्चारकर्मी सुव्रत आचार्यले ‘लाईदेउ न मायाले’ गीतको म्युजिक भिडियो निर्देश्ँन गरेका हुन्। भिडियोमा डिआईडी फेम सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको छ।

VIEW GALLERY Hottest Photos Collection of Actress Priyanka Karki

Hottest Photos Collection of Actress Priyanka Karki

SUBSCRIBE 👉