अन्तिम तयारीमा मिष्टर एण्ड मिस मोडल नेपाल २०१७


सौन्दर्य प्रतियोगिताहरु मंचन भइरहेको परिवेशमा मिष्टर एण्ड मिस मोडल नेपाल नामक मोडल प्रतिस्पर्धाको मंचन हुने भएको छ। एसएन इन्टरनेसनल इभेन्ट्सको आयोजनामा संचालन हुने यो प्रतियोगिताले मोडलिङमा भविष्य खोज्ने युवायुवतीका लागि अवसर प्रदान गर्ने उद्देश्य लिएको छ।

युवा युवती गरी करिब दुई दर्जन प्रतिस्पर्धीहरुको सहभागिता रहेको यो प्रतियोगिता यही वैशाख २३ गते शनिबार राजधानी शहरको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा संचालन हुँदैछ। दक्ष मोडल उत्पादनमा योगदान पु¥याउने लक्ष अनुरुप प्रतियोगितामा सहभागिहरुलाई सोही अनुरुप ग्रुमिङ प्रदान गरिएको छ।

फेसन एवं मोडलिङ सम्बन्धीत विविध पक्षहरुलाई प्रशिक्षणको मुख्य आधार बनाइएको यस प्रतियोगिताका सहभागिहरु कोरियोग्राफर रोजिन शाक्यको निर्देशन अन्तर्गत प्रशिक्षणको अन्तिम तयारीमा रहेका छन्। सहभागिहरुको फोटोशुट पर्यटकीय नगरीमा पोखरामा सम्पन्न गरिएको थियो।

Mr & Miss Model Nepal 2017 in final preparation

SUBSCRIBE 👉