रोहित र दिपा बने मिस्टर एण्ड मिस मोडल नेपाल २०१७


मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन चाहने युवा युवतीमा केन्दि«त प्रतियोगिता ‘मिष्टर एण्ड मिस मोडल नेपाल २०१७’ मा रोहित कँडेल र दिपा श्रेष्ठ विजेता चयन भएका छन् । मुख्य उपाधि संगै नगद पुरस्कार रु पचास हजार पनि जितेका विजेता मध्ये रोहित प्रतियोगितामा पपुलर र भिअर च्वाइस अवार्ड पनि उत्कृष्ट ठहरि।

दिपाले भने क्याटवाक, पर्सनालिटी तथा ग्याष्ट्रो फेश विधामा आफूलाई अब्बल बनाइन् । प्रतियोगितामा विशाल मैनाली र आश्मा पौडेल क्षेत्री फस्ट रनर अप तथा किशन कुमार झा र निक्की श्रेष्ठ सेकेन्ड रनर अप चयन भएका थिए। आश्माले पपुलर अवार्ड र निक्कीले भिअर च्वाइस विधामा पनि आफ्नो नाम दर्ता गरे।

एसएन इन्टरनेसनल इभेन्ट्सको आयोजनामा संचालन भएको सो प्रतियोगितामा रोजिन शाक्यको कोरियोग्राफी रहेको थियो। प्रतिस्पर्धामा प्रिजोल नेपाली प्रिजमिडिया फेशमा विजेता बने। यसैगरी विवेक बलाल र पूजा श्रेष्ठ मिष्टर एण्ड मिस कन्जिनियालिटी, नितिन रौनियार र मनिशा राई मिष्टर एण्ड मिस फोटोजेनिक, नितिन रौनियार र मृदुला गणेश मिष्टर एण्ड मिस फोटोजेनिक चयन भएका थिए।

प्रिजोल नेपाली पर्सनालिटी तथा सनिश खड्गी वेष्ट वाक विधामा विजयी बनेका थिए। वेष्ट इन पार्टी वेयरमा भने विष्णु मानन्धर र मनिशा राई उत्कृष्ट ठहरिएका थिए। प्रतिस्पर्धामा स्वतन्त्र डिजाइनर सुनैना ढकाल र नमूना कलेजका विधार्थी डिजाइनर वंशी खड्काले सहभागिहरुका लागि पहिरनहरु तयार पारेका थिए।

SUBSCRIBE 👉