१८ सुन्दरीहरुको दौड: साईपल मिस एस.ई.ई (एस.एल.सी) २०१७


सेन्टर मिडिया पोईन्टले बिगतको बर्ष झै यो बर्ष पनि एसईई (एस एल सी) दिएर बसेको छात्राहरुलाई दृस्टिगत गर्दै साईपल मिस एसईई २०१७ आयोजना गर्ने गर्दैछ। पाचौ संस्करणको मिस एस एल सी (एसईई )मा १८ जना सहभागिहरु छनौट भई सकेका छन्।

बन्द प्रशिक्षणमा छात्राहरुलाई व्यक्तित्व तथा बौद्धिक बिकासका लागी निसुल्क ब्रिजकोर्स, ग्रुमिङ, कोरियोग्रफि, पौडिप्रशिक्षण, पर्यटकीय स्थल भ्रमण, सेलिब्रेटिहरुका साथ अन्तरक्रिया र विभिन्न कलेजका प्रशिक्षकहरु द्वारा फरक फरक बिषयमा प्रशिक्षण गराईदै छ। यो पटकको मिस एसएलसीको कोरियोग्राफि किरात बिन्द्रले गर्दै छन्। आयोजक संस्थाका प्रमुख अर्पण राईले यो पटकको प्रतिस्पर्धा अघिल्ला वर्षका भन्दा अलि फरक ढंगले गर्न लगिएको बताएका छन्।

SUBSCRIBE 👉