अनुष्कालाई ‘मिस एसईई स्टार चितवन’को उपाधि


Miss SEE Star Chitwan 2017

चितवनमा भएको ‘मिस सि स्टार चितवन २०७४’ को उपाधि अनुस्का रानाभाटले हात पारेकी छिन्। २८ प्रतिस्पर्धिलाई पछि पार्दै अनुस्काले नगद बिस हजार सहितको उपाधि हात पारेकी हुन्। शनिबार चितवनको क्षेत्रपाटीमा रहेको होटल सनसिटीमा भएको अन्तिम प्रतिस्पर्धामा अनुस्काले २८ प्रतियोगीबाट टप १२ र ५ हुँदै चितवन जिल्लाको ‘मिस सि स्टार २०७४’ बनेकी हुन्। अनुस्कालाई मिस चितवन सुमन गुरुङले मिस एसईई स्टार चितवनको ताज पहिराईदिएकि थिइन्।

‘लिभ एण्ड लिड इन्टरनेशनल प्रा.ली.’ ले आयोजना गरेको मिस एसईईको उपाधिका साथमा अनुस्कालाई ‘मिस कन्फिडेन्ट’को उपाधि पनि मिल्यो। यो प्रतियोगीतामा पहिलो रनरअप, दोस्रो रनरअप, तेस्रो रनरअप र चौथो रनरअप क्रमशः भुमिका आचार्य, सुजता ढकाल, करिना श्रेष्ठ र स्वेता अर्या भए। ‘मिस सि स्टार चितवन’ को बिजेतालाई मध्यनेपालको अक्सफोर्ड कलेजले ‘प्लस टु’ सम्मका लागी स्कलरसिपको ब्यवस्था गरेको छ। साथै अन्य दोस्रो र तेस्रो बिजेतालाई पनि नौं महिनाका लागी स्कलरसिपको ब्यवस्था गरिएको कलेजले जानकारी गराएको थियो।

क्यापटेन बिजय लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुख्य निर्णायकका रुपमा बिनोद दास रहेका थिए भने चितवनबाट मिस नेपालको सेमिफाईनल सम्म पुगेकी उर्षा अधिकारी, नर्स सरस्वती तिमिल्सिना र चितवनकै ब्यावसायी चन्दन अग्रवाल निर्णायक मण्डलमा रहेका थिए।

बिगत एकबर्ष देखी शिक्षाका लागी सँगै भन्ने मुल नाराको साथमा बिभिन्न शिक्षा सम्बन्धि कार्यक्रम गर्दै आएको ‘लिभ एण्ड लिड इन्टरनेशनल प्रा.ली.’ संस्थाले यसै नारामै रहेर ‘मिस सि स्टार चितवन’पनि सम्पन्न गरेको हो। कार्यक्रमका सभापति तथा आयोजक संस्थाका अध्यक्ष नविन यादवले यो प्रतियोगीता अबदेखी बर्षेनी गरिने जानकारी दिए। साथै उनले आफ्नो संस्थाले शिक्षासँग जोडिएका थुप्रै कार्यक्रम गर्ने पनि जानकारी दिएका थिए।

SUBSCRIBE 👉