शेर बहादुर बन्दै सुनिल थापा


राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली चलचित्र ‘शेर बहादुर’को शुभमुहर्त गरिएको छ। यो चलचित्रमा राते काईला नामले चिनिने कलाकार सुनिल थापा मुख्य भूमिकामा अनुबन्धित भएका छन्। चलचित्रमा शेर बहादुरको भूमिकामा देखिने उनको साथमा मेनुका प्रधान र कर्मा शाक्यको पनि मुख्य भूमिका छ। निर्माता गौरशंकर धुजुले चलचित्र ‘शेरबहादुर’ प्रधानमन्त्री शेरबहादुर देउवाको जीवनमा आधारित नभएको बताए। उनले भने, ‘शेरबहादुर नामको एक पात्रको जीवनमा घट्ने घट्नाहरुलाई पर्दामा उतार्न लागेका हौं।’

फिल्मको शुभ मुर्हुत गर्दै हास्यकलाकार हरिवंश आचार्यले चलचित्र भनेको चल्नकै लागि निर्माण हुने भएका कारण ‘शेरबहादुर’ पनि हलमा राम्रोसँग चल्नेमा विश्वस्त रहेको बताए।

शेरबहादुर बन्न कै लागि आफू मुम्बईबाट नेपाल आएको सुनिल थापा बताउछन्। उनि भन्छन, ‘मलाई आजसम्म ‘राते काईला’ र मेरी कोममा निर्वाहा गरेको बक्सर गुरुको नामले चिन्ने गर्छन् अब ‘शेरबहादुर’ रिलिज भएपछि मलाई यो नामले पनि चिन्नेछन्।’

यो चलचित्रको करिव ९० प्रतिशन छायांकन एउटा भव्य सेटमा खिचिने र बाँकि १० प्रतिशत् मात्र आउटडोर लोकेशनमा खिचिने बताईएको छ। यो चलचित्र आर राजवंशीले निर्देशन गर्दै छन्। चलचित्रमा धिरज राजवंशीको पनि लगानी छ।

SUBSCRIBE 👉