चण्डिका थापाले जितिन् ‘मिस एसईई २०१७’को ताज


Miss See 2017 | School Level Beauty Contest in Nepal

छैटौ संस्करणको मिस एसईई २०१७ को ताज चण्डिका थापा मगरले पहिरिन सफल भएकी छिन्। सेन्टर मिडिया प्वाइन्टले आयोजना गरेको यो प्रतियोगितामा १७ प्रतिस्पर्धीलाई पछि पार्दै चण्डिकाले ताज जित्न सफल भएकी हुन्। कल्पना बुढामगर सेकेण्ड रनरअप र स्नेहा वाईबा फस्ट रनरअप घोषित भए।

यो प्रतियोगितामा प्रतिक्षा सुबेदी ‘मिस लिडरशीप’ र प्रन्ना राई ‘बेस्ट हेयर’ तथा कोपिला अधिकारी ‘बेस्ट स्माईल’ र श्रुति थापा क्षेत्री ‘मिस सोसल वर्क’ भए। १८ जना युवती सहभागी भएको अन्तिम स्पर्धामा मन्जिता श्रेष्ठ ‘मिस बब्लि’, सेलिमी राई ‘भियोर्स च्वाइज’, श्रीषा खाती ‘बेस्टवाक’, प्रियंका बुढाथोकी ‘मिस पङ्चुयर्स’, स्नेहा वाईबा ‘फोटो जेनिक’ र अनिशा गुरुङ ‘मिस पपुलर’ भए। प्रतियोगितामा मेलिना राई ‘बेस्ट ड्रेस’, इच्छा लिम्बु ‘बेस्ट कम्पिडेन्ट’, अनु थिङ ‘पर्सनालिटी’, सिरपा हाडा ‘मिस डिसिप्लिन’, प्रजिता मोक्तन ‘मिस फ्रेन्डशिप’, बिभु हुमागाई ‘मिस ट्यालेन्ट’ र कल्पना बढामगर ‘हाईस्कोर’ले सबटाइटल उपाधी पाए।

‘मिस तामाङ–२०१६’ उर्मिला लामा, ‘मिस एसएलसी–२०१५’ बर्षा महर्जन, साइपल एकेडेमीका निरञ्जन चापागाई, तेजबिक्रम शाही र सिटीभी मोबाइलका किसन राई ‘अलाईभ ग्लाइडर’ प्रतियोगिताका निर्णायक थिए।

SUBSCRIBE 👉