स्विमिङ्ग पुलमा शालु गौतमको जवानी । हेर्नुहोस् ९ तस्विरहरु


कुनै बेला पप गीत गाएर चर्चामा आएकी शालुले अघिल्लो वर्ष दुईवटा तीज गीत पनि गाइन्। स्वीमिङ गर्न नजाने पनि उनी स्वीमिङ कस्टम लगाएर फोटोसेसन गर्न पछि पर्दिनन्। २०१५ मा पनि कान्तिपुर साप्ताहिकले शालु गौतमको स्वीमिङपुलमा खिचिएको तस्विरहरु फिचर गरेको थियो। हामीले यहाँ २०१५ र २०१७ को तस्विरहरु मिक्स गरेर प्रस्तुत गरेका छौ।

उनी गायिका हुन् भने मोडल पनि हुन्। उनले ब्युटिसियनका रूपमा समेत काम गरिसकेकी छिन् अनि अभिनय र नृत्यमा पनि पारंगत छिन्। समग्रमा शालु गौतम एउटी कलाकार हुन् जो आफूलाई समयअनुसार चल्ने युवतीका रूपमा चित्रण गर्छिन्।

फेसबुकमा आफ्ना उत्तेजक तस्बिर सेयर गरेर बेला-बेलामा चर्चामा आइरहने शालु यतिबेला भने सामाजिक सञ्जालमा शान्त छिन्। म समयको माग बुझ्छु, शालु भन्छिन्- चिनी पनि धेरै खायो भनेतीतो हुन्छ। म सामाजिक सञ्जालमा शान्त हुनुको कारण यही हो।

५ फिट ३ इन्च अग्ली शालु बेली डान्सर पनि हुन्, उनी आफ्नै तीज गीतमा छमछमी नाचेकी पनि छिन्। मनोरञ्जनका हरेक विधामा काम गर्ने रुचि छ, तीज विशेष सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन विदेश जाने तयारी गरिरहेकी शालुलेलोक पप शैलीका दुईवटा गीतमा व्यस्त हुनुपरेकाले यो वर्ष तीजको गीत गाउन नभ्याएको बताइन्।

दुलेगौंडा, तनहुमा जन्मिएकी शालु रोमान्स र विवाहबाट टाढै बस्न रुचाउछिन्। म अहिलेसम्म सिंगल छु, शालु भन्छिन् – प्रेम र विवाहमा परेर करियर बिगार्ने
कुनै योजना छैन।

स्रोत: कान्तिपुर साप्ताहिक

SUBSCRIBE 👉