उकुषा गिरीले चुमिन् मिस एसिया नेपाल २०१७ को ताज


Miss Asia Nepal 2017 Winners

राजधानीमा सम्पन्न सौन्दर्य प्रतियोगितामा वानेश्वर भिमसेनगोलाकी १८ बर्षीया उकुषा गिरीले मिस एसिया नेपाल २०१७ को ताज चुमेकी छिन्। विभिन्न टिभीसीहरुमा काम गरिसकेकी उकुषाको नाम बिजेताका रुपमा घोषणा हुँदा उनक आँखामा खुसिका आँसुले भरियो। यसअघि मिस एशिया ग्लोबलमा नेपालको प्रतिनिधित्व गरिसकेकी सुप्रभा कुँवरले उनलाई ताज पहराईदिईन।

मिस एसिया नेपाल २०१७ ताज विजेता उकुषाले अब आगामी असोजमा श्रीलंकामा हुने मिस एसिया ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। उनलाई उपाधिवापत नगद ५० हजार रुपियाँका साथमा विभिन्न म्युजिक भिडियो तथा टिभीसीमा खेल्ने अवसर प्रदान गरिने आयोजक संस्था नेक्स्ट इभेन्ट इन्टरनेसनलले जनाएको छ।

उकुषाले मिस एसिया नेपाल २०१७ का साथ मिस पर्सनालिटीको उपउपाधि पनि जितिन। मिडिया पर्सनालिटी जीपी तिमल्सेना, पूर्व मिस ग्लोबल इन्टरनेसनल निलम चन्द, पूर्व मिस नेपाल अर्थ मेधा कोइराला, ब्यबसायी तथा कलाकार रचिता क्षत्रि र पूर्व मिस अरोमा चितवन इशा प्रधानले विभिन्न चार राउण्डमा प्रतियोगीहरुको प्रस्तुतिको मूल्यांकन गर्दै मूख्य बिजेताका रुपमा उकुषा गिरीको नाम घोषणा गरेका थिए।

प्रतियोगितामा काभ्रेपलान्चोककी मेडिकल विद्यार्थी परिक्षा बिष्ट फस्ट रनर्सअप भइन् भने जानकी श्रेष्ठ मिस पपुलर र मिस बेस्ट ड्रेससहित सेकेन्ड रनर्सअप भइन्। त्यसै गरी नेहा बिष्ट मिस बब्ली र चार्मिङ, सुष्मा ठकुरी मिस ट्यालेन्ट, सुमी भट्टराई बेष्ट वाल्क र कृषा श्रेष्ठ मिस कन्फिडेन्ट छानिएका छन्। आयोजकका अनुसार विजेता र फस्ट तथा सेकेन्ड रनर्सअप एक बर्षसम्म आयोजक नेक्स्ट इभेत्न इन्टरनेसनल तथा फ्रेन्ड्स इनिसेटिभको गुडविल एम्बेस्डर रहने छन् भने सम्पूर्ण उपउपाधि बिजेता तथा प्रतिगीहरुलाई विभिन्न अवसर प्रदान गरिनेछ।

मिस एशिया नेपाल २०१७ का लागि प्रतियोगीहरुलाई एक महिनासम्म वाक, बोलीचाली, सौन्दर्यलगायतका विभिन्न विषयमा विभिन्न क्षेत्रका बिज्ञहरुबाट प्रशिक्षण प्रदान गरिएको थियो। प्रतियोगिताका लागि सोनी खड्का र टेलिभिजन कार्यक्रम प्रस्तो प्रिया रानी लामाले कोरियोग्राफी गरेका थिए।

SUBSCRIBE 👉