बाग्मती सफाई अभियानमा एसएलसी सुन्दरीहरु (फोटो फिचर)


slc-princess-on-bagmati-river-cleaning-3
ग्ल्यामर नेपाल, काठमाडौं। सिजन मिडियाले राजधानीमा आयोजना गर्न लागेको चौथो संस्करणको ‘एसएलसी प्रिन्सेस २०१४’का प्रतिष्पर्धी ५२ जना सुन्दरीले शनिबार बिहान राजधानीको सिनामंगलस्थित भत्केको पुल मुनिको बाग्मती नदी सफाई गरेका छन्। बाग्मती सफाई अभियानको ५२ औं हप्ता पुगेको अवसरमा उनीहरुले बिहान सात बजेदेखि १० बजेसम्म नदी सफाई अभियानमा सहभागिता जनाएका हुन्।

slc-princess-on-bagmati-river-cleaning-1मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तका अनुसार उक्त सफाई अभियानमा सहभागी सुन्दरीले १० हजार मूल्य बराबरको ४० वटा थुन्से डोको सरसफाई कार्यका लागि हस्तान्तरण गरेका थिए। ‘उनीहरुले चाँडै नै अन्य विभिन्न सामाजिक काममा पनि आफुलाई अग्रसर गराउँदैछन्,’वन्तले भने,‘केही समयपछि राजधानीको भृकुटीमण्डपमा आयोजना गरिने रक्तदान कार्यक्रममा प्रतियोगीहरुले आफन्तलाई ल्याएर रक्तदान गराउनेछन्। किशोर अवस्थाका भएकाले रक्तदान गर्दा शरीरमा पर्ने असरलाई मध्यनजर गर्दै उनीहरु स्वयं रक्तदानमा सहभागी हुनेछैनन् । प्रतियोगीले रक्तदानका लागि एकजना वापत तीन अभिभावक ल्याउनेछन्।’

slc-princess-on-bagmati-river-cleaning-2असारको पहिलो हप्ता राजधानीमा हुने निर्णायक प्रतियोगिताका लागि केही समयपछि नै व्यक्तित्व विकासदेखि अन्य विभिन्न किसिमका क्षमता विकासका प्रशिक्षण पनि पाउनेछन्। आयोजकका अनुसार प्रतियोगिताको शीर्ष उपाधि विजेताले ताजसँगै प्लस टुको शैक्षिक छात्रवृत्ति, नगद सहित विभिन्न पुरस्कार प्राप्त गर्नेछिन् भने फष्ट रनरअप र सेकेण्ड रनरअपले शैक्षिक छात्रवृत्ति र विभिन्न पुरस्कार पाउनेछन्। अन्य १८ वटा विधागत अवार्ड विजेताले विभिन्न कम्पनीबाट प्राप्त उपहार पाउनेछन्। प्रतियोगीहरुले हाल गोर्खा हेल्थ क्लबमा तीन घण्टाको फिजिकल फिटनेस सम्बन्धी तालिम लिईरहेका छन्।

SUBSCRIBE 👉