पल्लवी गुरुङ्गलाई मिस देवदहको उपाधि


पहिलो मिस देवदहको उपाधि पल्लवी गुरुङले जितेकी छन्। देवदह क्षेत्रमा रहेका सुन्दरतासँगै बौद्धिक र सिर्जनशिल प्रतिभाहरुको खोजीसँगै उनीहरुको प्रवर्धन र विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता गत शुक्रबार साँझ सम्पन्न भएको हो। उनले बेस्ट पर्सनालिटीको उपाधि पनि हासिल गरिन्।

बरबरी फेशन हाउसले बुटवलमा आयोजना गरेको प्रतियोगितामा दिपा पुन फर्स्ट रनर अप साथै मोस्ट ट्यालेन्ट, सुस्मिता ढकाल सेकण्ड रनर अप साथै मिस क्रियटिभ, निशा सुनार भ्यूअर्स च्वाइस साथै मेकअप डिभा र सृष्टि शाक्य अर्गनाइजर्स च्वाइस साथै बेस्ट वाल्कको उपाधि विजेता बने। त्यसैगरी अन्य विभिन्न विधाहरुमा पनि उत्कृष्ट प्रतियोगीहरु छनौट भए।

प्रतियोगिताको ग्राण्ड फिनाले आयोजक संस्थाकी प्रबन्ध निर्देशक एलिजा तुलाधरको अध्यक्षता, देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीको प्रमुख आतिथ्य, उपप्रमुख विद्यालक्ष्मी गुरुङको विशिष्ट आतिथ्य र सञ्चारकर्मी द्वय सुमन श्रेष्ठ र विनिता श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतियोगिताको निर्णायक मण्डलमा डाःज्योती राना, प्रज्ञा तिवारी,स्वामी सुवासचन्द्र, विनोद तिमिल्सिना, विशाल आले, रोजी श्रेष्ठ रहेका थिय। कार्यक्रममा सुनिलाल जोशी, रेडमार्टिनका रोशन थापा लगायतले आ–आफ्ना भनाई राखेका थिए।

रेशम न्यौपानेको कोरियोग्राफी रहेको यो प्रतियोगितालाई डल्फीन एजुकेशन बुटवलले प्रयोजन गरेको थियो।

अन्य विधाहरुमा बिजेता:
मोस्ट कन्फीडेण्ट: ईश्वरी अधिकारी । बेस्ट फोटोजेनिक : सन्ध्या ठकुरी । बेस्ट स्माईल : मुना दर्जी । मिस कन्ज्युनालिटि: राधिका अधिकारी । मोस्ट एक्टिभ : रश्मिता न्युपाने । मोस्ट चार्मिङ्ग : रविना काफ्ले । मिस मल्टीमिडीया : सुमित्रा शरु । मिस स्टाईलिश : जुनु श्रेष्ठ । बेस्ट हेयर : छाया थापा । मिस पंचुएल: अप्सना सोनी । बेस्ट प्रिजेन्टेशन : मिसा ठकुरी । बेस्ट स्किन : एलिजा रिजाल । बेस्ट फिगर : रेश्मी सुनार । मिस फ्रेन्ड्ली : निशा चापागाई

SUBSCRIBE 👉