अमृता र बिक्रमलाई ‘मोडल हन्ट नेपाल २०१७’को उपाधि


२१ वर्षीया अमृता अधिकारी र १८ बर्षीया बिक्रम आदित्य महासेठ ‘मोडल हन्ट नेपाल २०१७’को उपाधि चुम्न सफल भएका छन्। अन्तिम स्पर्धामा बिक्रमले पुरुष तर्फ र अमृताले महिलातर्फको उपाधि जितेका हुन्। बिक्रमले ६५ र अमृताले ३५ प्रतियोगीलाई पछि पार्दै उपाधि बिजेता बनेका हुन्। अमृताले मोष्टफोटोजेनिक र सुपरमोडलको उपाधि समेत हासिल गर्दा बिक्रमले सुपर मोडल चुनिए।

दुबै शीर्ष बिजेताले बिभिन्न उपहारका साथमा नगद रु १ लाख नगद हासिल गरेका छन्। अब उनीहरुले अमेरिकामा आयोजना हुने वल्र्ड फेसन परेडदेखि कोरियामा हुने लक्जरी मोडल अवार्डमा बिषेश प्रस्तुतिको अवसर प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ।

प्रतियोगीतामा पुरुषतर्फ फष्टरनरअप र सेकेन्ड रनरअफ क्रमस लक्की खड्गी र रमेशकुमार चौधरी घोषित हुँदा महिलातर्फ सिमरन खड्का र एकता कुबर बिजेता बने।

ब्यक्तित्व बिकाश, आरजे, भिजे लगायत बिभिन्न विधाका प्रशिक्षण पछि अन्तिम स्पर्धामा प्रतियोगीहरु उत्रिएका थिए। अन्तिम प्रतिस्पर्धाको निर्णायकमा कोरियोग्राफर प्रशान्त ताम्राकार, रबिना देशराज श्रेष्ठ, राजभाइ सुवाल, पुर्व मिस नेपाल उषा खड्गी, मिलन एच आर राइ लगायत रहेका थिए।

कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, सृजना रेग्मी, मिस नेपाल २०१७ अस्मी श्रेष्ठ शो टपरको रुपमा रनवेमा देखिएका थिए। चार दर्जन बढी मोडलले बिभिन्न आकर्षक परिनका डिजाइनहरु क्याटवाक मार्फत र्याम्पमा प्रस्तुत गरेको कार्यक्रममा चर्चित संगीतकार कालिप्रसाद बास्कोटा र टिम इन्टरटेन्टमेन्टको कार्यक्रममा बिषेश प्रस्तुति रहेको थियो।

यो प्रतियोगीता, नेपाली मुलका युवायुवतीको प्रतिभा पहिचान गरी अन्तराष्ट्रिय स्तरको मोडल उत्पादन गर्न सहायक सिद्ध हुने आयोजक संस्थाको भनाई छ।

SUBSCRIBE 👉