गीतकार डब्बु क्षत्रीको नयाँ गीतिसँग्रह ‘गुलाबी स्वरहरु’ बजारमा


गीतकार डब्बु क्षत्रीले आफ्नो जन्मदिनको अबसर पारेर नयाँ गीतिसँग्रह ‘गुलाबी स्वरहरु’ बजारमा ल्याएका छन्। यस अघि एकल गजलसँग्रह झरी ल्याएको क्षत्रीको यो दोस्रो एकल गीतिसँग्रह हो।

राजधानीमा एक समारोहबीच छायाँछबी क्रियसनका अध्यक्ष एवं पत्रकार शान्तिप्रिय सँग्रहका गायिकाहरु निशा देशार, केन्जुमा सुब्बा, रेश्मा पुनमगर, साहिमा श्रेष्ठ, सँग्रहको भिडियोकी मोडल सृष्टि तामाङले गुलाबी स्वरहरु बिमोचन गरेकाहुन्।

शान्तिप्रियले कार्यक्रममा बोल्दै गीत लेखनमा अढाई दशकदेखि सक्रिय डब्बु क्षत्रीले बिगतमा गम्भिर गजल तथा गीत ल्याएको बताए। तर यस पटक नयाँ पुस्तालाई लक्षित गरेर सबैले गाउन सक्ने रोमाञ्चकारी पप शैलीका गीतहरु उनले पस्किएको शान्तिप्रियले प्रकाश पारे।

कार्यक्रममा बोल्दै सँग्रहका सँगीतकार ज्योतिप्रकाश बिक, जुगल डंगोल, सन्तोष श्रेष्ठ र दीपक शर्माले गुलाबी स्वरहरु भित्रका गीतहरु र ती गीतमा आफ्ना सँगीत बारे कार्यक्रममा चर्चा गरे।

गीतकार डब्बु क्षत्रीले आफ्नो यो दोस्रो एकल गीतिसँग्रह भएको बताउँदै सबैलाई सुन्दा रोमाञ्चकारी तुल्याउन प्रकारका गीतहरु सँग्रह गुलाबी स्वरहरु मार्फत ल्याएको बताए।

सँग्रहको पाँच गीतमा बेबी आई लभ यु…, जिस्किन मन लाग्छ…, यो तन यो मन…, तिमीसँग बोल्न…, दोषी त नजर…रहेका छन्। यीत गीतलाई केन्जुमा सुब्बा, निशा देशार, सहिमा श्रेष्ठ र रेश्मा पुनमगरले गाएका हुन् । गीतिसँग्रहलाई बितरण बिन्ध्यवासिनी म्युजिकले गर्दैछ।

सोही कार्यक्रममा सँग्रह भित्रको गीत दोषी त नजर नै थियो…को भिडियो समेत रिलिज गरिएको छ। डब्बु क्षत्रीले नै निर्देशन गरेको यो भिडियोमा अभिनेता नविन लम्साल, मोडल एवं नेपाल नेक्स्ट सुपर मोडलकी बिजेता सृष्टी तामाङ, मोडलद्धय देबिका कार्की र कुशल पाण्डेले अभिनय गरेका छन्। राजु केसीले खिचेको सो भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।
भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉