पोखरामा हुने ‘फेशन शो’का लागी राजधानीमा ५ मोडल छनोट


आर.एन.आर ग्रुपले आउँदो २२ सेप्टेम्बरमा पोखरामा फेसन शो आयोजना गर्दैछ। ‘जीवनशैली’ नाम दिइएको उक्त फेसन शोकालागी पहिलो चरणको अडिसन राजधानीमा गरिएको छ।

राजधानीमा गरिएको अडिसनमा ५० जना मोडलहरुले आवेदन दिएका थिए, जसमध्ये ५ जना छनोट भएका छन्। अडिसनमा फोटोग्राफर राजभाई सुवाल, मोडल विपना थापा, पत्रकार डब्बु क्षेत्री, फ्लाईटेकका निर्देशक नाजिर हुसैनलगाययत निर्णायक थिए।

काठमाडौं पछि पोखरामा अडिसन लिइने आयोजकले बताएको छ। आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठका अनुसार पोखरामा यही आउँदो आइतबार अडिसन लिइँदैछ।

मोडलिङ क्षेत्रलाई प्रवद्र्धन तथा व्यवसायिक रुपमा विकास गर्नका लागि विभिन्न मोडलिङबारे इभेन्टहरु गर्दै आएको आरएनआर गु्रपले यसअघि राजधानीमा विभिन्न फेसन कार्यक्रमहरु गर्दै आएको छ। होटल बाराहीमा हुने बताइएको यो फेशन सो पोखरामा भने पहिलोपटक गर्न लागेको हो।

SUBSCRIBE 👉