‘साहारा देउ तिम्रो न्यानो अंगालोमा’ म्युजिक भिडियो । ऋमा बिश्वकर्मा र निराजन प्रधान


‘साहारा देउ तिम्रो न्यानो अंगालोमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा मोडलद्धय निराजन प्रधान र रीमा विश्वकर्मा अभिनित भिडियो रिलिज गरिएको हो। एसियन म्यूजिकले बजार प्रवद्र्धन गरेको यो गीतमा निक्सोन लिम्बु र मेलिना राइको स्वर छ। जितेन लेप्चाको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ रमणिय स्थानमा खिचिएको छ। भिडियोको निर्देशन विभोर पोख्रेलले गरेका हुन्। भिडियोमा सुप्रिम पराजुलीको सम्पादन, मिलन शंकरको छायांकन छ।


भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


कार्यक्रममा बोल्दै निर्देशक पोख्रेलले भिडियोलाइ आकर्षक बनाउने कोशिश गरेको भन्दै सबैले मन पराउने विश्वास व्यक्त गरे। एसियन म्यूजिकका प्रमुख इश्वर गुरुङले विदेशी बजारमा नेपाली गीतसंगीतलाइ प्रवद्र्धन गर्न आफूहरु लागिपरेको र सफलता नजिक पुगेको बताए। कार्यक्रमका प्रमुख अतिथी संगीतकार राजु सिंहले गीत राम्रो बनेको बताए।

SUBSCRIBE 👉