फेस अफ ब्युटी इन्टरनेसनल २०१७’मा रिमा दाहाल


२२ वर्षिया रिमा दाहालले फेस अफ ब्युटी इन्टरनेसनल २०१७ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्। यही सेप्टेम्बर १३ देखि २३ तारिखसम्म भारतको नयाँ दिल्लीमा सम्पन्न हुने पाँचौं संस्कराणको यो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा रिमाले नेपालको तर्फबाट सहभागिता जनाउन लागेको हो।

बानेश्वर निवासी रिमा हाल नेपाल कलेज अफ इन्फोरमेसन टेक्नोलजी, एनसिआइटी स्नातक अध्ययनरत छिन् भने उनको लक्ष आईटी उद्यमी बन्नु रहेको छ। पाँच फिट पाँच ६ इन्च उँचाईकी मोडलिङ झुकाव राख्ने उनले केही फेशन शोहरुमा क्याटवाक गरेको अनुभव पनि संगालिसकेकी छिन्।

सुन्दर मुहारको खोजीमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘फेस अफ ब्युटी इन्टरनेसनल २०१७’ मा रिमाले विश्वका अन्य चालीस भन्दा बढी सुन्दरीहरुसित प्रतिस्पर्धा गर्नेछिन्। उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता सम्बन्धी अभिमुखीकरण र आवश्यक ग्रुमिङ कोरियोग्राफर रोजिन शाक्यबाट प्राप्त गरेकि छिन्।

सो प्रतियोगिताकाले लागि रिमाकोे चयन प्रक्रिया र संयोजना इभेन्ट बेटर ग्यालेक्सीले गरेको हो। रिमाले फेस अफ ब्युटी इन्टरनेसनल प्रतियोगिताको ट्यालेन्ट राउन्डका लागि स्वजन रघुवंशीबाट बज्रयोगिनी चर्या नृत्यको तयारी गरेकी छिन्। उनका लागि प्रतियोगिताको वार्डरोब लाजिम्पाटस्थित क्रश रोड अपेरल र बागबजारस्थित आईआईएफटी नेपाल तयार पारेको छ। रिमाले प्रतियोगिताका लागि रुस्का श्रेष्ठबाट मेकअप सम्बन्धी प्रशिक्षण प्राप्त गरेकी छिन्।

SUBSCRIBE 👉