भिडियो : आकाश र मरिष्काको ‘मेरो हरपल’


गायक आशिष गौतम ‘सचिन’ तथा गायिका एञ्जिला रेग्मीको स्वरको यूगल गीत ‘मेरो हलपल तिमी…’ को म्युजिक भिडियो सार्बजनिक भएको छ।  यूट्युबमार्फत सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोमा चलचित्र अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री मरिष्का पोखरेलले अभिनय गरेका छन्।

सुव्रत राज आचार्यद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा आकाश र मरिष्काको रोमान्टिक छविलाई चित्रण गरिएको छ। कुलेखानीको आकर्षक लोकेशनमा निर्देशक आचार्यले आकाश र मरिष्कालाई गीतको शब्दमा व्यक्त गरिए झैं रोमान्टिक मुडमा प्रस्तुत गरेका छन्। मनमोहक लोकेशन तथा युवा कलाकारको प्रस्तुतीले म्युजिक भिडियो चलचित्रको गीत झैं सुन्दर बनेको छ।

संगीतकार भीम बिसीद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु पनि संगीतकार बीसीले नै रचना गरेका हुन्। यो गीतमा मनोहर सुनामको संगीत संयोजन छ । यो गीत ‘मेरो हलपल’ शीर्षकको एल्बममा समावेश छ । राजिव समरको कोरियोग्राफी रहेको यो भिडियोलाई अनिल के मानन्धरले छायांकन गरेका हुन्।

SUBSCRIBE 👉