राजेश पायलको गीतमा विल्सन र एलिशाको जोडी


राजेश पायल राईले विल्सन विक्रम राई (तक्मे बुढा) र एलिसा राईको जोडी मिलाई दिएका छन्। ‘किन यति धेरै माया लाग्छ नि हौ’ भन्ने बोलको गीतको भिडियोमा तक्मे बुढा र एलिसा जोडी बनेर देखिएका हुन्। गीतमा महेश खड्काको शब्द र संगीत छ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

भिडियोलाई कमल राईले निर्देशन गरेका हुन्। भिडियोमा विल्सनको तक्मे र युवा दुई रुपमा देखाईएको छ। राजेश पायल राई आफैँ पनि निकै हसीलो रुपमा देखिएका छन्।

विन्दबासीनी म्युजिकले बजार व्यवस्थापन गरेको राजेश पायल राईको ‘दर्शन नमस्ते ३’लाई अत्यधिक रुचाईएको छ। गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने भरत रेग्मीले सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉