क्यापिटल नेपाल बिजनेश म्यागजिनको १०० दिनमा ‘दि कर्पोरेट नाइट’ । फोटो फिचर


क्यापिटल नेपाल बिजनेश म्यागजिनको १०० दिन पुगेको खुशीयाली मनाउदै होटल रयाडिसनमा ‘दि कर्पोरेट नाइट’ आयोजना गरिएको छ। आयोजित कार्यक्रममा आकर्षक फेशन शो पनि शमाबेश गरिएको थियो।

फेशन डिजाइनरहरु शोभा महर्जन, सबिता प्रजापति, दिपिक्ष्या भट्टका पहिरनलाई १२ जना ग्ल्यामर मोडलहरुले प्रस्तुत गरे। साडी तथा लेहेंगाहरुको सिक्वेन्स बाट सुरु गरिएको फेशन शो गाउन, वन पिस हुँदै कर्पोरेट थिममा मोडलहरुले विभिन्न किसिमका पहिरनहरुका साथमा क्याट वल्क गरे।

जुनेली बिजेनेश हाउसले ब्यबस्थापन गरेको ‘दि कर्पोरेट नाइट’ रनवे को कोरियोग्राफी फेशन-कोरियोग्राफर एव संचारकर्मी जयंन सुब्बा मानन्धरले गरेकी थिइन्।

वाई स्टेन्ड डान्स एकेडमीका कलाकारहरुको नृत्य तथा गायिका श्रेया सोतांग, गायक मिंगमा शेर्पा र राज सिग्देलले आफ्ना चर्चित गीतहरु गाउँदा कार्यक्रम झनै रोमान्चक बनेको थियो। कर्पोरेट क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्तथीती रहेको यो कार्यक्रम निरन्तर गर्दै आएको इभेन्ट म्यानेजर शिशिर लामाले बताए।


तस्विरहरु सौजन्य : क्यापिटल नेपाल बिजनेश म्यागजिन

SUBSCRIBE 👉