मेलिनाको गाउँकी गोरी बनिन् ‘ठमेल बजार’ आईटल गर्ल एलिशा !


पछिल्लो पुस्तामा उदाएर छोटो समयमै लोकप्रिय बनेकी गायिका हुन् मेलिना राई। यतिबेला त नेपाली फिल्म नगरी अनि संगीत क्षेत्रमा चर्चा चल्छ, मेलिनाको नाम जहाँ जोडिन्छ, त्यो जुनसुकै विषय पनि ‘हिट’ लिस्टमा पर्छ। मेलिनाले स्वर भरेको फिल्म ‘दुई रुपैयाँ’को ‘कुटुमा कुटु’ गीतले रिलिजको छोटो समयमा युट्युबमा बनाएको दुई करोड बढिको किर्तिमानी रेकर्डले मेलिनाको चर्चा झनै चुलिँएको छ।

यतिबेला उनै मेलिनाले स्वर भरेको पछिल्लो गीति एल्बम ‘माया’ दर्शक तथा श्रोतामाझ आएको छ। ‘गाउँकी गोरी…’ बोलको गीतको भिडियोमा पछिल्लो समयकी हट केक ‘ठमेल बजार’ आईटम गर्ल एलिशा राई फिचरिङमा छिन्।

मेलिनाको नयाँ म्युजिक भिडीयो हेर्न यहाँ क्लिक गर्नुहोस्

गीतमा मेलिनालाई सरला राई, कला राई र मेनुका राईले स्वरमा साथ दिएका छन् भने शब्द माया मगरको छ। उत्तमजंह लिम्बुले संगीत भरेको गीतमा एरेञ्ज शाहस शाक्यको छ। भिडियोको निर्देशन कमल राईले गरेका हुन्।

SUBSCRIBE 👉