नग्मा श्रेष्ठ, मिस नेपाल युनिभर्स घोषित । मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने


मिस नेपाल ब्युटी प्याजेन्ट आयोजना गर्दै आएको संस्था ‘द हिडेन ट्रेजर’ले आफ्नो २२ औ तथा ‘मिस नेपाल’को २३ औ वार्षिकोत्सवको सेलिब्रेशन गर्दै नग्मा श्रेष्ठलाई पहिलो मिस नेपाल युनिभर्स घोषित गरेको छ। अन्नपूर्ण होटेलमाआयोजित वार्षिकोत्सव समारोहमा द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले शिरमा ताज लगाई दिदै मिस नेपाल युनिभर्सको घोषणा गरेका हुन्।

अमेरिका, लास भेगासमा आउदो नोभेम्बर २६ मा हुने ६६ औ मिस युनिभर्स मा नग्माले पहिलो पटक नेपाललाई प्रतिनिधित्व गर्दैछिन्। मिस नेपाल आयोजना भएको २३ औ वर्ष पुगिसक्दा पनिअहिले सम्म ‘मिस युनिभर्स’मा नेपालले सहभागिता जनाउन सकेको थिएन। पछिल्लो समय सन् २०१७को मिस नेपालको आयोजना भए संगै द हिडेन ट्रेजरले नेपालबाट मिस युनिभर्समा सहभागी हुन् पाउने अधिकार पाए पछि सन् २०१२ कि मिस नेपाल अर्थ समेत नग्मालाई ‘मिस नेपाल युनिभर्स’को टाइटल दिदै मिस युनिभर्समा पठाउने निर्णय गरेको हो। मिस युनिभर्समा सहभागी हुन उनि नोभेम्बर ५ मा अमेरिका जानेछिन।

कार्यक्रममा बोल्दै नग्माले भनिन् – नेपालले पहिलो पटक सहभागिता जनाउदै गर्दा निकै खुसि थिए र उक्तप्रतियोगितामा नेपाललाई प्रतिनिधित्वगर्दै म नै पहिलो पटक जान पाउदा झनै खुसि लागेको छ। यसको लागि म सबै प्रतिआभारी छु। साथै म आफै पनि मिस नेपाल अर्थ भईसकेपछि विभिन्न ब्युटी प्याजेन्टमा सहभागी भएको कारण पनि केहि अनुभव त छ नै साथै अब केहि समय प्रशिक्षण पनि लिने छु। मलाइ दिइएको जिम्मेवारीलाई पुरा गर्न कहिँ कतै कसर बाकि राख्ने छैन। हामीले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन पाउनु हामी सबैकोलागी खुशीको कुरा हो।

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉