मिस टुरिजम २०१७, अडिसन


प्वाईन्ट मिडिया प्रा.लि.को आयोजनामा संचालन हुने ‘मिस टुरिजम २०१७’ को अडिसन चरण हालै सम्पन्न भएको छ। आयोजक संस्थाका प्रबन्ध निर्देशक नविन काफ्लेका अनुसार काठमाडौं, पोखरा र चितवनमा एक साथ संचालन गरिएको अडिसन राउन्डमा तीन दर्जनका हाराहारीमा प्रतियोगितामा इच्छुक युवतीहरुले सहभागिता जनाएका थिए।

मिस टुरिजम २०१७ को अडिसनमा नेपाल योग एशोशियसनका महासचिव एवं युवा पर्यटन व्यवसायि राजन सिंखडा, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल, टानका पूर्व कोषाध्यक्ष खुमवहादुर सुवेदी, प्रेस चौतारी नेपालका उपाध्यक्ष एवं फिल्म निर्देशक गणेश पाण्डे, मिस टुरिजमका अफसियल कोरियोग्राफर रोजिन शाक्य तथा मिस टुरिजम २०१६ का विजेता उरुषा थापा मगर निर्णायकका रुपमा रहेका थिए।

पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन, आन्तरिक पर्यटकहरुको वृद्धि गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन गर्ने अपेक्षा सहित मिस टुरिजमको आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ।

SUBSCRIBE 👉