इन्डीयाज नेक्स्ट टप मोडल-सिजन ३मा मोडल सबिता कार्की


नेपालमा रन वे मोडलको रुपमा स्थापित भईसकेकी २३ बर्सिय मोडल सबिता कार्की यसपटकको भारतीय मोडल हन्ट रियालिटी शो ‘इन्डियाज नेक्स टप मोडेल – सिजन ३’ मा सहभागीता जनाउदै छिन्। ५ फिट ८ इन्च उचाईकी यी मोडलले नेपालमा हुने थुप्रै फेशन शोहरुमा क्याटवाक गरिसकेकी छिन्।

सन् २०१२ मा नेपाली रनवे मोडल आस्था पोखरेलले सिंगापुरमा सम्पन्न एसियाज नेक्स्ट टप मोडलमा टप ५ सम्म पुग्न सफल भएकी थिइन्। सन् २०१४ मा उनि ‘किंगफिशर सुपर मोडेल २’को विजेता बनेकी थिइन।

इन्डियाज नेक्स्ट टप मोडेल हरक शनिबार नेपाली समय साँझ ७:१५ मा एम टिभी च्यानलमा प्रसारण हुन्छ। गत बर्षको ‘इन्डियाज नेक्स टप मोडेल – सिजन २’ मा डेनीयल क्यानुट, प्रनाति राई प्रकाश बिजेता बनेका थिए।

इन्डियाज नेक्स्ट टप मोडेल सिजन ३ को निर्णायक मिलंद सोमेन, मलाईका अरोरा, अनुषा दंडेकार, डब्बु रतनानी, निरज गाबा रहेका छन्।

SUBSCRIBE 👉