भूमिकाले जितिन् कलेज क्वीन २०१७को उपाधि


‘कलेज क्वीन नेपाल–२०१७’को उपाधि भूमिका घिमिरेले चुमेकी छन्। घिमिरेले ताजसँगै नगद पचास हजार तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन्। आरके इन्टरटेन्मेन्ट ग्रुपले राजधानीमा आयोजना गरेको उक्त कार्यक्रममा सुबानी गोर्खाली ‘क्वीन एजुकेशनल एम्बास्डर अफ नेपाल’ र श्रीषा न्यौपानेले ‘कलेज क्वीन आईकन नेपाल’को उपाधि पाए। फस्ट रनरअप र सेकेन्ड रनरअपलाई भिन्न टाइटल राखेर उपाधि प्रदान गरिएको आयोजकले जनाएको छ।

‘एजुकेशनल ब्यूटी प्याजेन्ट’ भनिएको ‘कलेज क्वीन नेपाल’को यो दोस्रो संस्रण हो। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उपस्थित दर्शकले विभिन्न कलाकारको नृत्य एवं सांगीतिक प्रस्तुतीले मनोरञ्जन लिए। आयोजक सस्थाका निर्देशक राम केसीका अनुसार कार्यक्रम सोचेभन्दा भव्य र सभ्य रुपमा भयो।

प्रतियोगितामा ‘पब्लिक च्वाइस अवार्ड’ प्रेक्क्षा केसी भइन्। उनले नगद दश हजार हात पारिन्। प्रतियोगितामा बेस्ट डेस सञ्जु तामाङ, लसता महर्जन बेस्ट क्याट्वाक, सामना सत्याल बेस्ट डिसिप्लिन, अनिमा गौतम बेस्ट ब्युटी र अनुपमा पौडेलले बेस्ट फ्रेण्डशिपको सवटाइटल पाए। कार्यक्रम वरिष्ठ कलाकार निर शाहको अतिथ्यमा भएको थियो।

प्रतियोगिताको निर्णायकमा निशुकान्त झा, सरोज प्याकुरेल, नायिका महिमा सिलवाल, सुमित राना र सुस्मा लामा रहेका थिए। निशा आचार्यको इभेन्ट मेनेजमेन्टमा आयोजित प्रतियोगिताको कोरियोग्राफी बिपना थापाले गरेकी थिइन्।

SUBSCRIBE 👉