समनको म्युजिक भिडियोमा लोफ़र नायिका


rajani-kc
ग्ल्यामर नेपाल, काठमाडौं। डेब्यु फिल्म ‘लोफर’ असफल बनेपछि उक्त फिल्मकी नायिका रजनी केसी म्युजिक भिडियोको अभिनयमा लागेकी छन्। उनले केही दिन अघि मात्र युवा म्युजिक भिडियो निर्देशक समन अधिकारीले निर्देशन गरेको ‘कहाँ छौ कहाँ’ बोलको गीतको भिडियोमा अभिनय गरेकी हुन्।

rajani-kc-saman-adhikariविजय परियारको स्वरमा सजिएको गीतको भिडियोको छायांकन हालै छैमले रिर्सोटमा गरिएको थियो। भिडियोमा रजनीले सन्दिप न्यौपानेसँग अभिनय गरेकी छन्। आफ्नो प्रेमिका अर्कोसँग आफै कार्यरत होटलमा भेटिएपछिको अवस्थालाई गीतमा प्रस्तुत गरिएको निर्देशक अधिकारीले बताए। उनका अनुसार भिडियोमा सन्दीप वेटरको भूमिकामा अभिनय गरेका छन्। भिडियो रेस्क्यु क्रिएसनले निर्माण गरेको हो। निर्देशक अधिकारीका अनुसार रजनीले म्युजिक भिडियोलाई निरन्तरता दिने सोच बनाएकी छन्। भिडियोका छाँयाकार नीतिन चन्द हुन्।

SUBSCRIBE 👉