भोट माग्दै रेखा थापा सिन्धुपाल्चोकमा


राप्रपा ‘प्रजातान्त्रीक’ पार्टीकी सह-महामन्त्री रेखा थापाले अध्यक्ष राणालाई सिन्धुपाल्चोकका जनताले विजयि बनाउने दाबि गरेकी छन्। उनले भनिन्,‘सिन्धुपाल्चोकका हरेक अहसजतामा साथ दिनुभएको र यसै जिल्लाको केन्द्रिय स्तरको नेता भएको कारण उहाँलाई जनताले भोट दिनुहुन्छ।’

प्रजातन्त्र र लोकतन्त्रको लामो अभ्यासबाछ मुलुक आर्थिक विकास र समुन्नत दिशामा मुलुक गहिरहेको बताउँदै सह-महामन्त्री थापाले महिला अधिकारको लागि आफुले निरन्तर संघर्ष गर्दै आएको बताईन।

सह-महामन्त्री थापाले अघि थपिन,‘मैले चलचित्रको माध्याय मार्फत महिलाका अधिकार र स्थितिलाई उजागर गर्दै आएकी छु, बाँकि दिनमा पनि मुलुक भरका महिला दिदीबहिनीको साथमा रहेर काम गर्ने प्रण गर्दछु, पछिल्लो समयको विकसित राजनीतिक धुव्रिकरणले मुलुकलाई नयाँ दिशा तर्फ लिन्छ भन्नेमा म विश्वस्त छैन्, यो सत्ता र शक्तिको लागि भैरहेको छ, सत्ता र शक्तिको आयु धेरै हुँदैन, हामीले मुलुकको भविष्यको सुन्दर बनाउने लक्ष्यका साथ अघि बढि रहेकाछौँ यस कार्यमा जनताले हामीलाई साथ दिन्छन्।’

राप्रपा ‘प्रजातान्त्रीक’का अध्यक्ष पशुपति शमशेर राणाले प्रजातन्त्रवादीहरु एकताको डोरीमा बाँधिनको लागि आग्रह गरेका छन्। सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको वृहत र्यालीलाई सम्बोधन गर्दै अध्यक्ष राणाले प्रजातान्त्रीक एकताको लागि आह्वान गरेका हुन।

हिजोमात्रै नेपाली काँग्रेस र राप्रपा प्रजातान्त्रिक बीच चुनावी तालमेलका बारेमा गरिएको सहमतिको आधारमा अध्यक्ष राणा गृह जिल्ला सिन्धुपाल्चोक पुगेका छन्। आजै अध्यक्ष राणाले मनोनयन दर्ता गरेका छन्।

SUBSCRIBE 👉