कोरियामा भएको ‘द ब्राइड अवार्डस् २०१७’मा सिम्रन भईन थर्ड रनर अप


अक्टोबर २३ तारिखमा दक्षिण कोरियाको सोल ड्रागन सिटीमा संचालन भएको ‘द ब्राइड अवार्डस् २०१७’ मा नेपालको प्रतिनिधित्व गरेकी सिम्रन खड्का थर्ड रनर अप उपाधिको हकदार बन्न सफल भएकी छिन्।

सहभागिको आवरणीय सुन्दरता, सकरात्मक सोच सहितको आकर्षक व्यक्तित्व, सामाजिक सक्रियता तथा स्वच्छ चरित्रलाई मुल्यांकनको मुख्य आधार बनाएको यो प्रतियोगिताको विजेताका रुपमा कोरियाकी छोइ युन शु छनौट भइन् भने रसियाकी अनिता स्टाफिभा फस्ट तथा मंगोलियाकी अनुन्दरी दासदोर्ज सेकेन्ड रनर अप चयन भए।

काठमाडौं कोटेश्वर निवासी २० बर्षिया सिम्रन नेक्स्ट मोडल्स नेपालको आयोजनामा सम्पन्न तेस्रो संस्करणको मोडल हन्ट नेपाल नामक प्रतियोगिताका फस्ट रनर अप विजेता हुन्। बिभिन्न देशको कला संस्कृती, भेषभुषा समेत प्रदर्शन गर्ने उदेश्यले आयोजना हुँदै आएको सो अवार्ड कार्यक्रममा सहभागि हुनु पूर्व सिम्रनले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताबारे अभिमुखीकीरण तथा ग्रुमिङ कक्षा लिएकी थिइन्।

उनले प्रतियोगितामा डिजाइनर रेखा मोदी मित्रुकाले तयार पारेका नेपालीपन झल्काउने मौलिक एवं राष्ट्रिय पहिरन सहित प्रस्तुति दिएकी थिइन्। सो प्रतियोगिताका लागि सिम्रनको प्रतिनिधित्वका लागि व्यवस्थापन तथा संयोजना नेक्सट मोडल्स नेपालले गरेको हो।

SUBSCRIBE 👉